back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १३ शनिवार

753 

shares

१३ भदौ, काठमाण्डौं । नेपालमा शनिबार ( १३ भदौ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ६९ हजार ६२६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,५१६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ५७८ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १० हजार १४५ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा रहनेको संख्या ६,४४६ रहेको छ ।

जसमा देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १७५ जना र भेन्टिलेटरमा २२ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १५ , प्रदेश २ मा ३८ बागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १७ र कर्णाली प्रदेशमा २४ जना गरी १७५ रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ३, बागमती प्रदेशमा १७ र प्रदेश नं ५ मा २ गरी जम्मा २२ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ८०३५ रहेको छ । यो संख्या दिनप्रतिदिन घट्दै गएको हो ।

आज थपिएका ८४४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार ३७ हजार ३४० पुगेको छ भने आज निको भएर ३१३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २० हजार ५५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, धनुषा, पर्सा, बारा,महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं र ललितपुर गरी ९ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मुस्ताङ र हुम्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका १८६ सहित आज ८८४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १८६ जनासहित देशैभरी ८८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटम ५, सप्तरीमा २, सर्लाहीमा ८३ र सिराहामा २२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १५५, काभ्रेपलान्चोकमा १९, चितवनमा ५७, दोलखामा १, धादिङमा ९, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा ९ र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९ संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा १९, नवलपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १,दैलेखमा १, रुकुमपश्चिममा १ र सुर्खेतमा १० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १७, कैलालीमा १९, दर्चुलामा ३, बझाङम २६ र बैतडीमा २१ जना संक्रमित थपिएसँगै आज देशैभरी ८८४ जना संक्रमित थपिएका छन् । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् । आज थपिएका ८८४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

आज ३१३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २०,५५५ पुग्यो

नेपालमा आज ३१३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ३१३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजा ५५५ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १५५९, प्रदेश २ मा ४६७८, बागमती प्रदेशमा १००१ गण्डकी प्रदेशमा १७०३, प्रदेश नं ५ मा ४७४७ कर्णाली प्रदेशमा २०३३ र सुदूरपश्चिम प्रदेशमा ४८३४ जना गरी हालसम्म जम्मा २० हजार ५५३ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७३४, प्रदेश २ मा ८९०, बागमती प्रदेशमा ७२४, गण्डकी प्रदेशमा २३५४, प्रदेश नं ५ मा ८८१, कर्णाली प्रदेशमा ४०२ र सुदूरपश्चिम प्रदेशमा २०५० गरी जम्मा ८०३५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १२२२, प्रदेश २ मा १९२४ बागमती प्रदेशमा४१५५, गण्डकी प्रदेशमा ४६७ प्रदेश नं ५ मा ११४०, कर्णाली प्रदेशमा ४०८ र सुदूरपश्चिम प्रदेशमा ८२९ गरी जम्मा १०,१४५ जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४२७, प्रदेश २ मा ३८४७, बागमती प्रदेशमा १६३२ गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ३८९, कर्णाली प्रदेशमा १७ र सुदूर पश्चिम प्रदेशमा ११५ जना गरी जम्मा ६,४४५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज पनि २०७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना रहेका छन् ।
आज पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया गरी ३ महिलाको मृत्यु भएको हो ।

त्यसैगरी पर्साका ४८ र ३९ वर्षीय, सिराहामा ८४ वर्षीय, गोर्खामा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय, काठमाडौंमा ८३ वर्षीय, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष, भक्तपुरमा ८२ वर्षीय १ पुरुष गरी जम्मा ९ पुरुष र ३ महिला गरी १२ जनाको मृत्यु भएको प्रवक्ता डा् गौतमले जानकारी दिएका छन् ।

आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.५५ प्रतिशत हो ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १३ शनिवार १९:०२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...