१२ भदौ, काठमाण्डौं । नेपालमा शुक्रबार ( १२ भदौ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ५८ हजार ११० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,२२९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५ हजार ९९९ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,५५३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोेलेसनमा ६४४६ जना रहेका छन् ।
त्यस्तै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ८,९३० रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।
आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ३६ हजार १६४ पुगेको छ भने आज निको भएर १७९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २० हजार २४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४१, प्रदेश २ मा ४४ बागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १५ जना रहेका छन् । साथै प्रदेश ३ मा बागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी जम्मा २२ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, धनुषा, पर्सा, वारा,रौतहट, सर्लाही, महोत्तरी, काठमाडौं ललितपुर गरी ९ जिल्ला रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ र हुम्ला रहेका छन् ।
आज काठमाडौं उपत्यकाका ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ४१५ जनासहित देशैभरी ९२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ र सिराहामा १२ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेमा १७, चितवनमा २६,धार्दिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १६, गोर्खामा १, तनहुँमा ४, नवलपरासीपूर्वमा ११, लमजुङमा २ र बागलुङमा १ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियाममा २, बाँकेमा ३६ र रुपन्देहीमा ७२, जनामा संक्रमण पु्ष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १, कैलालीमा ११ र डोटीमा नौ जना संक्रमित थपिएसँगै आज देशैभरी ९२७ जना संक्रमित थपिएका छन् । जसमा महिला ३३४ र पुरुष ५९३ रहेका छन् ।
आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज
नेपालमा आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १७९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १५३६ प्रदेश २ मा ४,५१७, बागमती प्रदेशमा ९६६, गण्डकी प्रदेशमा १६८८, प्रदेश नं ५ मा ४,७०८ कर्णाली प्रदेशमा २०२९ र सुदूरपश्चिम प्रदेशमा ४,७९८ जना गरी हालसम्म जम्मा २० हजार २४२ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७९५, प्रदेश २ मा ९२५, बागमती प्रदेशमा ७४९, गण्डकी प्रदेशमा २३७८, प्रदेश नं ५ मा ९०१, कर्णाली प्रदेशमा ४४१ र सुदूरपश्चिम प्रदेशमा २७५० गरी जम्मा ८,९३० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ११५२, प्रदेश २ मा १७७९, बागमती प्रदेशमा ३९२८, गण्डकी प्रदेशमा ४२७ प्रदेश नं ५ मा १०४४, कर्णाली प्रदेशमा ३८८ र सुदूरपश्चिम प्रदेशमा ८४५ गरी देशैभरीका अस्पताल तथा आइसोलेसन सेन्टरमा ९५७३ जना रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४२२, प्रदेश २ मा ३८६२, बागमती प्रदेशमा १६१६, गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी जम्मा ६,४४६ जना रहेका छन् ।
.कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा महिला ४ जना रहेका छन् । मोरङका ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया गरी ४ जना रहेका छन् ।
त्यसैगरी उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिराहाका ५५ वर्षीय र झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीको ७१ वर्षीय पुरुष गरेर आज १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ भदौ १२ शुक्रवार १८:४२ मा प्रकाशित






























