back
CTIZAN AD

पठनपाठनलाई निरन्तरता दिन आग्रह

वि.सं.२०७७ भदौ १२ शुक्रवार

813 

shares

१२ भदौँ, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै विकल्पमध्ये उपयुक्त विधिमार्फत विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको छ ।

युनियनले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण सम्पूर्ण शैक्षिक संस्था विगत केही महिनादेखि ठप्प भएको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सम्भव हुने सबै विकल्प अपनाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

‘हाल अनलाइनको सहज पहुँच नभएका विद्यार्थीहरुको हकमा एटेन्डेन्स लगायतको कुराहरुको व्यवस्थामा लचकता देखाई रेकर्डिङ लगायतका विकल्प उपलब्ध गराउनाका साथै पठनपाठन एवम् मूल्याङ्कनका सम्पूर्ण कार्यविधि योजनाहरु समेटिएको स्पष्ट अनलाइन एकाडेमिक क्यालिन्डर उपलब्ध गराइयोस्’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले बन्दाबन्दी लम्बिँदै गएमा थप क्षति हुन नदिनका लागि अहिलेको सेमेस्टरलाई अनलाइनमार्फत टुङ्गो लगाई नयाँ सेमेस्टरको सञ्चालनका लागि सकिएको सेमेस्टरहरुको वैकल्पिक परीक्षाको टुङ्गो लगाउनसमेत माग गरेको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १८:२६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...