back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ११ बिहीवार

885 

shares

११ भदौ, काठमाण्डौं । नेपालमा विहिबार (११ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ४७ हजार ८८१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ६२९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५ हजार २७३ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९ हजार ६३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेशनमा रहनेको संख्या ६,२१० पुगेको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४७ जना र भेन्टिलेटरमा प्रदेश १ मा २ र बागमती प्रदेशमा १५ जना गरी जम्मा १७ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ९,४८८ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज काठमाडौं उपत्यकाका ३७७ सहित ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुयो

आज थपिएका १ हजार १११ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार ३५ हजार ५२१ पुगेको छ भने आज निको भएर ५६९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २० हजार ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

आज ५६९ जनाले कोरोना जितेर घर फर्किए, हेर्नुहोस् हालसम्म कुन प्रदेशमा कति निको भए त ?

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, रौतहट, ललितपुर र काठमाडौं गरी ९ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि ५ महिलासहित ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९०२, प्रदेश २ मा ९२३, बागमती प्रदेशमा ७५४, गण्डकी प्रदेशमा २३६६, प्रदेश नं ५ मा १००६, कर्णाली प्रदेशमा ५०१ र सुदूरपश्चिम प्रदेशमा ३०३६ गरी जम्मा ९,४८८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहेका ९०६३ मध्ये प्रदेश १ मा ११३५, प्रदेश २ मा १८१८ , बागमती प्रदेशमा ३५०३, गण्डकी प्रदेशमा ४११, प्रदेश नं ५ मा ९८३, कर्णाली प्रदेशमा ३७२ र सुदूरपश्चिम प्रदेशमा ८४१ जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ७३३ प्रदेश २ मा ३८०४, बागमती प्रदेशमा १५२८, गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ४०७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९जना गरी जम्मा ६,२१० जना रहेका छन् ।

यस्तो छ नेपालमा भदौ १० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

.

वि.सं.२०७७ भदौ ११ बिहीवार १९:०० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...