back
CTIZAN AD

यस्तो छ नेपालमा भदौ १० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १० बुधवार

759 

shares

१० भदौ, काठमाण्डौं । नेपालमा बुधबार ( १० भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ३५ हजार ३५२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३ हजार २२५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार ७३९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८ हजार ७११ जनाको उपचार भइरहेको छ भने होम आइसोलेशनमा ६०२८ जना रहेका छन् ।

त्यसैगरी देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १५१ जना र भेन्टिलेटरमा १४ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ९८३२ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ८८५ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार ३४ हजार ४१८ पुगेको छ भने आज निको भएर ३८५ जना डिस्चार्ज भएसँगै हालसम्म १९ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ११ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा उपचाररत १५१ जना मध्ये प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बागमती प्रदेशमा ७१ गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १७ जना रहेका छन् । साथै प्रदेश नं १ मा एक जना र बागमती प्रदेशका विभिन्न भेन्टिलेटरमा तेह्र जना उपचाररत रहेका छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, पर्सा, रौतहट, सप्तरी, महोत्तरी, सर्लाही र काठमाडौं गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मुस्ताङ र हुम्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका ३०१ सहित ८८५ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ३०१ जनासहित देशैभरी ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा १६, खोटाङमा १,तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३ जना र सुनसरीमा ५५ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२० र सिराहामा ३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २, भक्तपुरमा २४, मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोर्खामा १, नवलपरसीपूर्वमा ७ र लमजुङमा २३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्युठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९ र रोल्पामा १ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १ र सुर्खेतमा ७ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा २ र अछाममा २० जना संक्रमित थपिएसँगै आज देशैभरी ८८५ जना संक्रमित थपिएका छन् । जसमा २९९ महिला र ५८६ पुरुष रहेका छन् ।

आज थपिएका ८८५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

आज पनि ३८५ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज ३८५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ३८५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १३५६, प्रदेश २ मा ४३१५, बागमती प्रदेशमा ९१९, गण्डकी प्रदेशमा १६५२, प्रदेश नं ५ मा ४६५१, कर्णाली प्रदेशमा २०१७ र सुदूरपश्चिम प्रदेशमा ४५९४ जना गरी हालसम्म जम्मा १९ हजार ५०४ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८५६, प्रदेश २ मा ९६८, बागमती प्रदेशमा ९६८,गण्डकी प्रदेशमा ७६६, प्रदेश नं ५ मा २३४३, कर्णाली प्रदेशमा ११९९ र सुदूरपश्चिम प्रदेशमा ५१४ गरी जम्मा ९८३२ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा १२६२, प्रदेश २ मा १८८१ बागमती प्रदेशमा ३०३९ गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ७९४ कर्णाली प्रदेशमा ३५४, सुदूर पश्चिम प्रदेशमा ९९४ गरी जम्मा ८७११ संस्थागत आइसोलेशनमा उपचाररत छन् ।

होम आइसोलेसनमा रहेका ६०२८ मध्ये प्रदेश १ मा ३२२ प्रदेश २ ३६७५ बागमती प्रदेशमा १४९९, गण्डकी प्रदेशमा १८, प्रदेश ५ ४५४ कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरहेका छन् ।

.कोरोना संक्रमणबाट आज पनि ११ जनाको मृत्यु
नेपालमा बुधबार कोरोना संक्रमणबाट २ महिलासहित ११ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मोरङका १, भक्तपुरका १, कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना गरी ११ जनाको मृत्यु भएको हो ।

आज मृत्यु भएकामा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय दुई पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय ३ पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षीय दुई पुरुष गरी आज जम्मा ११ जनाको मृत्यु भएको स्वास्थ्य यमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज मृत्यु भएका ११ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

नेपालमा हालसम्मको कोरोना अपडेटः ३३,५३३ संक्रमित,१९,११९ निको र मृतकको संख्या १६४ पुग्यो

वि.सं.२०७७ भदौ १० बुधवार १८:२४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...