back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः ३३,५३३ संक्रमित,१९,११९ निको र मृतकको संख्या १६४ पुग्यो

वि.सं.२०७७ भदौ ९ मंगलवार

726 

shares

८ भदौ, काठमाण्डौं । नेपालमा मंगलबार ( ९ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख २१ हजार ९०१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,३२७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार २५० रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,५८१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ५,६६९ जना रहेका छन् ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १० हजार ४५३ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ८५५ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ भने आज निको भएर ३१३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १९ हजार ११९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशका विभिन्न अस्पतालका भेन्टिलेटरमा १५ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मुस्ताङ र हुम्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका २३२ सहित ८५५ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २३२ जनासहित देशैभरी ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा ४३, सुनसरीमा १६, सोलुखुम्बुमा २ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४२, पर्सामा ४, बारामा १७, महोत्तरीमा १७, रौतहटमा ४४, सप्तरीमा ३, सर्लाहीमा ५८ र सिराहामा ३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १९९, काभ्रेमा ५, चितवनमा ३७, दोलखामा ३, धादिङमा ८, भक्तपुरमा १४, नुवाकोटमा १, मकवानपुरमा २, रामेछापमा १, ललितपुरमा १९ र सिन्धुपाल्चोकमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १३, गोर्खामा २, तनहुँमा ६, नवलपरासीपूर्वमा ४, पर्वतमा २, लम्जुङमा १ र बाग्लुङमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा २३, गुल्मीमा २, दाङमा १८, नवलपरासीमा ८, पाल्पामा ४, प्युठानमा ४, बर्दियामा ६, बाँकेमा १५, रुपन्देहीमा ६९ र रोल्पामा ३ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा कालिकोटा ५, जुम्लामा १, दैलेखमका ४, मुगुमा १, सल्यानमा ४ र सुर्खेतमा ५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १९, कन्चनपुरमा १२, कैलालीमा १६ र डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ८५५ जना संक्रमित थपिएका छन् । उनीहरुमा २७१ महिला र ५८४ पुरुष रहेका छन् । आज थपिएका जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

आज ३१३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १९ हजार नाघ्यो
नेपालमा आज ३१३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ३१३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।
कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ५७ प्रतिशत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणबाट आज काठमाडौंका३ सहित ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ ।

आज मृत्यु भएकामा काठमाडौंका ३ जना, सिराहा, पर्सा, धनुषा र रुपन्देहीका १\१ जना गरेर ७ जनाको मृत्यु भएको हो । जसमा १ महिला र ६ जना पुरुष रहेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंकी ७१ वर्षीया महिला, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ७६ र ६४ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 
आज मृत्यु भएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ८ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ९ मंगलवार १८:१३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...