back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ८ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ८ सोमवार

846 

shares

८ भदौ, काठमाण्डौं । नेपालमा सोमबार ( ८ भदौ ) सम्म पिसीआर प्रविधिबा ६ लाख १० हजार ४६९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,२३४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १३,७१५ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,१५४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

त्यस्तै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११,२७५ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ७४३ जनासँगै नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ६३८ पुगेको छ भने आज निको भएर १७५ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १८ हजार ८०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै  आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १३८ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १८ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १४ जना रहेका छन् । साथै बागमती प्रदेशका विभिन्न अस्पतालका भेन्टिलेटरमा १५ जना उपचाररत रहेका छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मुस्ताङ र हुम्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २२४ जनासहित देशैभरी ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङमा ३१, संखुवासभामा २ र सुनसरीमा २३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८ र सिराहामा १० जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १७७, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, भक्तपुरमा १४, मकवानपुरमा १८, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, म्याग्दीमा १, बाग्लुङमा २ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, नवलपरासीमा ५, पाल्पामा २, बर्दियामा २, बाँकेमा ८, रुपन्देहीमा ६ र रोल्पामा २ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा कालिकोटमा ३, सुर्खेतमा ११, जाजरकोटमा १९ र रुकुमपश्चिममा १८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १९, कैलालीमा ७९, डडेल्धुरामा ४, दार्चुलामा १, बाजुरमा १ र बैतडीमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी ७४३ जना संक्रमित थपिएका छन् । उनीहरुमा २४६ महिला र ४९७ पुरुष रहेका छन् । आज थपिएका ७४३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३२ हजार ६३८ पुगेको छ ।

आज १७५ जना जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज
नेपालमा आज १७५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १७५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएक १७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १२८३, प्रदेश २ मा ४२४३, बागमती प्रदेशमा ७७५, गण्डकी प्रदेशमा १६१७, प्रदेश नं ५ मा ४५२६, कर्णाली प्रदेशमा १९८२ र सुदूरपश्चिम प्रदेशमा ४३८० जना गरी हालसम्म जम्मा १८ हजार ८०६ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १०९०, प्रदेश २ मा १२५९, बागमती प्रदेशमा ८६६, गण्डकी प्रदेशमा २५०७, प्रदेश नं ५ मा १५८२, कर्णाली प्रदेशमा ५२७, र सुदूरपश्चिम प्रदेशमा ३४४४ गरी जम्मा ११ हजार २७५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा १२२९, प्रदेश २ मा १७१८, बागमती प्रदेशमा ३५७३, गण्डकी प्रदेशमा ३५८, प्रदेश ५ मा ८८४, कर्णाली प्रदेशमा ३६५ र सुदूर पश्चिम प्रदेशमा १०५७ जना गरी ९,१५४ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

त्यसैगरी होम आइसोलेशनमा प्रदेश १ मा २६३, प्रदेश २ मा ३५०० बागमती प्रदेशमा ४३५, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा २९८, कर्णाली प्रदेशमा २१ सुदूर पश्चिम प्रदेशमा २६ गरी ४५६१ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट रुपन्देहीका ४ सहित ८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज ३ महिलासहित ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा सबैभन्दा बढी रुपन्देहीका रहेका छन् ।

आज रुपन्देहीमा ३ पुरुष र १ महिला गरी ४ जनाको मृत्यु भएको छ । साथै सुनसरी, मोरङ, पर्सा र काठमाडौंमा १/१ जनाको मृत्यु भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला तथा रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । आज मृत्यु भएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

नेपालमा हालसमको कोरोना अपडेटः ३१,९३५ संक्रमित, १८,६३१ निको, मृतकको संख्या १४९ पुग्यो

वि.सं.२०७७ भदौ ८ सोमवार १८:१७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...