back
CTIZAN AD

विश्वविद्यालय पदाधिकारी विहिन, सभा अन्योलमा

वि.सं.२०७७ भदौ ८ सोमवार

873 

shares

चितवन –  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्वीकृत सभाबाट गर्नु पर्दछ । विश्वविद्यालय उपकुलपति विहीन भएको एक वर्ष पुरा भई सकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष वाहेकका पद कायममुकायमका भरमा चलेको छ । गत वर्षको भदौ ७ गतेबाट उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनु भएकी डा. शारदा थपलियका अनुसार सभाको सदस्य सचिव रजिस्ट्रार नै नभएका कारण विश्वविद्यालय सभा हुन नसकेको हो ।

विश्वविद्यालय स्थापना यता ढिलोमा यही भदौ महिनाको पहिलो साता भित्रमा क्याम्पस सभा हुँदै आएकोमा यस वर्ष भने अन्यौलमा परेको उहाँले बताए । सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ । तलब भने पेश्कि वजेट दिएर खुवाउन सकिने उनले जानकारी दिए । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई ६९ करोड वजेट निकासा भएको थियो । ती मध्ये ५० करोड हाराहारी संञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ ।

विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचना समेत निर्माण गर्नु पर्ने भएकाले तीन अर्ब माग गरेको थियो । पूर्ण जिम्मेवारी सहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण कामहरु रोकिएको उनले बताए ।

रजिस्ट्रार गत माघ १२ गतेबाट र दुईवटा सङकायका डिन गत जेठ १ गतेबाट खाली छ । सेवा आयोजको अध्यक्ष गत साउन पाँच गतेबाट रिक्त भएको छ । निर्देशकहरु मध्ये एक खालि छ । बाँकी रहेका वन सङ्कायका डिन र निर्देशकहरुको कार्यकाल यही पुषमा सकिदैं छ ।

उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना वनाएर काम गर्न सक्ने छ । विश्वविद्यालयले दीर्घकालिन महत्व राख्ने विभिन्न काम गर्नु पर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्यौलमा परेको छ । विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । वि. सं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन विद्यालय स्थापना गरेको हो । -रासस

वि.सं.२०७७ भदौ ८ सोमवार १८:०८ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...