back
CTIZAN AD

७ सय केजी जंगली जडिबुटीसहित एक महिला पक्राउ

वि.सं.२०७७ भदौ ८ सोमवार

798 

shares

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो मात्रामा अवैध जंगली जडिबुटीसहित एक महिला पक्राउ गरेको छ । प्रहरीले आइतबार अवैध जडुबुटीसहित लमजुङ बेसिशहर नगरपालिका वडा नं. ७ बस्ने सिद्धि माया तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले जनाएअनुसार तामाङले लुकाई छिपाई आफ्नै घरमा ठुलो मात्रामा जडिबुटि संकलन गरेकी थिइन् । जसको बारेमा सूचना पाएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले जनाएअनुसार तामाङको घरबाट डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा ४.४ के.जी, वन आलु २.८ के.जी बरामद गरेको छ । प्रहरीले जनाएअनुसार सबै जडुबुटीको तौल करिब ७ सय केजी छ ।

प्रहरीले जडिबुटीको बारेमा थप कारबाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाएको छ । प्रहरीले जनाएअनुसार घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १८:०७ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...