back
CTIZAN AD

नेपालमा हालसमको कोरोना अपडेटः ३१,९३५ संक्रमित, १८,६३१ निको, मृतकको संख्या १४९ पुग्यो

वि.सं.२०७७ भदौ ७ आइतवार

768 

shares

७ भदौ, काठमाण्डौं । नेपालमा आइतबार ( ७ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ४ हजार ४४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,०२६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १३ हजार १५५ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९ हजार २१२ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ३९४३ जना रहेका छन् ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार ४०४ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ८१८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ भने आज निको भएर २८१ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १८ हजार ६३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १३७ जना संक्रमित उपचाररत छन् ।  मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ४९ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १६ जना रहेका छन् ।

त्यसैगरी बागमती प्रदेशका विभिन्न भेन्टिलेटरमा १० जना उपचाररत रहेका छन् । साथै देशैभरी कोभिड १९ संक्रमितको उपचारका लागि उपलब्ध आइसीयु बेड ९४६ र भेन्टिलेटरको संख्या ४९६ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु भोजपुर, म्याग्दी र हुम्ला रहेका छन् । आज थपिएका ८१८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १६६ सहित ८१८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १६६ जनासहित देशैभरी ८१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ का झापामा १०, मोरङमा ५० र सुनसरीमा ९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६०, पर्सामा १३९, बारामा ३९, महोत्तरीमा ३४, रौतहटमा ९, सप्तरीमा ४, सर्लाहीमा ९१ र सिराहामा १४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १२६, काभ्रेमा २७, दोलखामा ६, धादिङमा १, भक्तपुरमा २८, मकवानपुर, सिन्धुली र रसुवामा १÷१ जना, रामेछापमा २ र ललितपुरमा १२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५,गोर्खामा २ र नवलपरासीपूर्वमा ६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १२, कपिलवस्तुमा ११, नवलपरसीमा ३०, पाल्पामा २, प्युठानमा २, बर्दियामा २, बाँकेमा ११, रुकुम पूर्वमा १, रुपन्देहीमा २८ र रोल्पामा १ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २ र रुकुमपश्चिममा ६ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा ३ र बैतडीमा ४ जना संक्रमित थपिएसँगै आज देशैभरी ८१८ जना संक्रमित थपिएका छन् । उनीहरुमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।  आज थपिएका ८१८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

आज २८१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १८,६३१ पुग्यो

नेपालमा आज २८१ .जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २८१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २८१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १२८०, प्रदेश २ मा ४१९४, बागमती प्रदेशमा ७६७ गण्डकी प्रदेशमा १६१०, प्रदेश नं ५ मा ४४२३, कर्णाली प्रदेशमा १९७७ र सुदूरपश्चिम प्रदेशमा ४३८० जना गरी हालसम्म जम्मा १८ हजार ६३१ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १२४० प्रदेश २ मा १२५०, बागमती प्रदेशमा १६१०, गण्डकी प्रदेशमा २५५७, प्रदेश नं ५ मा १६४४, कर्णाली प्रदेशमा ५३५ र सुदूरपश्चिम प्रदेशमा ३२०६ गरी जम्मा ११ हजार ४१४ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ११५२ प्रदेश २ मा १८९०, बागमती प्रदेशमा ३६१७, गण्डकी प्रदेशमा ३५०, प्रदेश ५ मा ९३५, कर्णाली प्रदेशमा ३१८ र सुदूर पश्चिम प्रदेशमा ९५० जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

होम आइसोलेशनमा
प्रदेश १ मा २७३ प्रदेश २ मा ३२०४, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा १८ प्रदेश ५ मा २८६ कर्णाली प्रदेशमा २२, सुदूर पश्चिम प्रदेशमा २६ गरी ३९४३ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट आज पनि ३ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज दुई महिलासहित ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएकामा पर्सा र सर्लाहीकी २ महिला र झापाका १ पुरुष रहेका छन् ।

आज झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया र सर्लाहीका ३३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १८:१९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...