back
CTIZAN AD

पाँच मुख्यमन्त्रीसहित २३ वरिष्ठ नेताको पत्र सोनिया गान्धीलाई, के छ पत्रमा ?

वि.सं.२०७७ भदौ ७ आइतवार

777 

shares

काठमाडौं । भारतमा कांग्रेस केन्द्रीय समिति बैठक अघि पूर्वमुख्यमन्त्रीसहित कांग्रेसका २३ वरिष्ठ नेताहरुले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेका छन् । नेतृत्वको विषयमा कांग्रेसभित्र बहस चलिरहेका बेला उनीहरुले सामुहिक रुपमा पत्र लेखेका हुन् ।

कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी)को बैठक भिडियो कन्फ्रेन्समार्फत सोमबार (भोली) बस्दैछ । बैठकले राजनीतिक विषयसँगैै पार्टी नेतृत्वको विषयमा पनि महत्वपुर्णं फैसला लिने अनुमान गरिएको छ । चिठ्ठी लेख्नेमध्येमा ५ पुर्वमुख्यमन्त्री, केन्द्रीय कार्यसमिति सदस्य, सांसद र पूर्व केन्द्रीय मन्त्रीहरु पनि छन् ।

के छ गान्धीलाई लेखिएको चिठ्ठीमा ?

इण्डियन एक्सप्रेसका अनुसार गान्धीलाई लेखिएको चिठ्ठीमा नेताहरुले कांग्रेसभित्र माथिदेखि तलसम्मै आत्मविश्वास कमजोर भएको बताएका छन् । उनीहरुले भाजपा अगाडि बढिरहेको र कांग्रेस अत्यन्तै कमजोर बन्दै गएको कुरा उल्लेख गरेका छन् ।

जनाइएअनुसार पत्रमार्फत नेताहरुले समग्र संरचनामा परिवर्तन हुनुपर्ने माग राखेका छन् । उनीहरुले पार्टी नेतृत्व पनि परिवर्तन हुनुपर्ने एजेण्डा अगाडि सारेका छन् । जनाइएअनुसार गान्धीलाई नेताहरुले १५ दिन अगाडि नै पत्र लेखेका थिए ।

प्रतिवेदनका अनुसार यस पत्रमा राज्य सभामा विपक्षका नेता गुलाम नबी आजाद, पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री आनन्द शर्मा, कपिल सिब्बल, मनीष तिवारी, शशि थरुर र विकेक तनखाको हस्ताक्षर छ । कांग्रेसको कार्यकारी अध्यक्षको रुपमा सोनिया गान्धीको कार्यकाल एक वर्ष पूरा भएपछि पार्टीमा पूर्णकालिक अध्यक्षको माग बढिरहेको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १८:१६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...