back
CTIZAN AD

रानीपोखरी पुर्ननिर्माणको काम ८५ प्रतिसत बढी सम्पन्न

वि.सं.२०७७ भदौ १२ शुक्रवार

1.3K 

shares

काठमाडौ  – रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो ।

‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे छ,’ समितिका अध्यक्ष अजय स्थापितले मन्त्री र मेयरलाई जानकारी दिँदै भने, ‘लकडाउनको अवधीमा पनि हामीले पुर्ननिर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’

स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिए । ‘उहाँहरुसँग समन्वय गर्दै समितिले पुर्ननिर्माणको काम सम्पन्न गर्ने चरणमा पुर्याएको छ । यो खुशीको कुरा हो,’ स्थापितले भने, ‘सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुननिर्माण सम्पन्न हुने अवस्थासम्म आएको छ । अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा छौँ ।’

उनले काठमाडौँ महानगरपालिकाको पहलमा उपभोक्ता समिति गठन गरेर कामलाई सहज रुपमा अघि बढाउन सहयोग गरेको भन्दै धन्यवाद पनि दिए । मेयरसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए ।

‘यो ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी हो,’ उनले भने, ‘यो विश्वका लागि पनि उदाहरणीय पोखरी हो । यो पोखरीको पुर्ननिर्माण सम्पन्न हुन लागेको देख्दा आनन्दित भएको छु ।’ उनले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौँ महानगरपालिका र सबैको पहलमा पुर्ननिर्माण सम्पन्न हुनु गौरवको कुरा भएको बताए । रज्यमन्त्री मानन्धरले कोरोनाको कहर बीच सरकार जनताको समृद्धिको चाहना पूरा गर्न लागि परेको बताए ।

मन्त्री मानन्धरले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा जनताको सम्मृदीको सपना पूरा आफुहरु लागि परेको बताए । अुनगमनपछि संक्षिप्त मन्तव्य दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण गराए। त्यही अनुरुप काम अघि बढेको र अहिले सम्पन्न हुने चरणमा रहेको पनि उनले जानकारी दिए ।

‘कामलाई विवाद रहित ढंगबाट सम्पन्न गर्न हामीले उपभोक्ता समिति बनाएर काम अघि बढाएका थियौँ,’ उनले भने, ‘उपभोक्ता समितिले सानातिना समस्यालाई सुल्झाउँदै अहिलेको अवस्थासम्म ल्याएको छ ।’

उनले पहिला गुम्बज शैलीको मन्दिर रहेको समेत स्मरण गराए । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उनले भने, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुर्ननिर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो । सबैको सल्लाह–सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’

रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुर्ननिर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताए । ‘ काठमाडौँ महानगरपालिकालगायत सबैले पूर्ण सहयोग गर्ने बचनबद्धता व्यक्त गरेपछि सबैको सहयोगको अपेक्षा गर्दै हामीले कामको थालनी गरेका थियौँ,’ उनले भने, ‘पौराणिक महत्वको पुरात्वात्कि ठाउँमा पुर्ननिर्माण गर्ने काममा हामीलाई अनुकुल वातावरण प्राप्त भएकै कारण यो अवस्थासम्म आएका हौँ ।’

उनले काठमाडौँको मौलिकतालाई पुर्नर्जिवन दिने काम भैरहेको पनि जानकारी दिए। ‘३ सय ६० वर्ष अघिको स्वरुपलाई जस्ताको त्यस्तै दिन त सम्भव नहोला तर मौलिकतालाई जोगाउँदै स्वरुप नमर्ने गरी हामीले पुर्नर्निमाण गरेका छौँ,’ उनले भने, ‘८ महिनामा काम सम्पन्न गर्ने तयारीका साथ आएका थियौँ । ०५६ सालको तिहारमा सम्पन्न गर्ने हाम्रो तयारी थियो । मौलिकतालाई केलाई–केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लाग्यो ।’

उनले कालोमाटो राख्नु पर्ने र त्यो खोज्नका लागि पनि धेरै मेहनत गर्नुपर्ने परेको जानकारी दिए । ‘हामीले सबै प्रकारका परिक्षण सम्पन्न गरेका छौँ,’ उनले भने, ‘अब अन्तिम तयारीमा छौँ । लकडाउनका कारण केही लम्बिएको छ ।’

तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि जानकारी दिए । उनका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी छ । त्यसले नपुगे बाहिरी स्रोतबाट राख्ने योजना रहेको छ । ‘त्यसका लागि रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने र मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्ने विकल्प बारे पनि हामीले सोचेका छौँ,’ उनले भने ।

तुलाधरका अनुसार पोखरी पुर्ननिर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौर्दर्यीकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुर्ननिर्माण भैरहेको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १९:२३ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...