त्यसपालिको तीज पनि भदौको महिनामा नै थियो, बिक्रम संवत १९९२ -९३ साल तिरको कुराहो । झरी पर्न बिस्तारै कम हुदै थियो। हालको पर्बत जिल्लाको लुँखु गाउँ ईतिहाँसको यस कालखण्डमा पैयुँ -धुवाँकोटको महत्वपूर्ण अंग भनेर पनि जानिन्थ्यो। दक्षिण पूर्व फर्केको यो गाउँ समुन्द्रको सतहबाट ५४० मिटर देखि २२६६ मिटर अग्लो चिसापानी शिखर वोकेको अति रमणीय गाउँअहिले महाशिला गाउँ पालिकाको वडा ५ को रुपमा चिनिन थालेको छ । पैयुँ राज्यको ईतिहाँस बोकेको पैयुँ खोलो,यहिबाट ठाडो खोला हुँदै सरौंखोला, हुवास त्रिबेणी हुदै काली गण्डकीकिनारमा रहेकॊ सेतीबेनी महा-शालिग्रामलाई जलअर्पण गरिरहन्छिन। यहाँको मुख्यबाली मकै, मकै पकाउने भदौको घाम भन्ने चलनै छ। बिहानै देखि घमाइलो दिन थियो। आकाशमा कहिँकतै बादलका टुक्रासम्म थिएनन्। बर्खाभरि बाक्लो हुस्सुले ढाक्ने बस्ति, अहिले कन्चन नीलो आकाश थियो, ठाउँठाउँबाट उत्तर तिरका निलगिरि, धवलागिर, माछापुछ्रेका मनमोहक हिमशृंखला टल्कीरहेका देख्न पाइन्थ्यो ।
पर्वते अन्तिम राजा कीर्ति बम मल्लका जेठाछोरा जबरजंग बीर (जन्जाल) बम मल्लका दुईभाई छोराहरु हिमु मल्ल र ऋखु मल्ल लुँखु आई बसोवास गर्न शुरुवात हुँदा यहाँको बस्ति नाम मात्रको थियो, छिचाली नसक्नु बाक्लो जंगल थियो। पछिल्लो पुस्ताले यो अनुभव गर्नत पाएन तर सुनेको-“मल्लहरु यहाँआएको तीन पुस्तासम्म लुँखु आहाले भन्ने ठाउँबाट झण्डै तीनचार किलोमिटर माथि उकालो मल्लहरुले नै प्रतिस्थापना गरेको समुन्द्र सतह देखी २२२६ मिटर उचाइमा अवस्थित चिसापानी कालीको मन्दिरसम्म एक रुखबाट अर्को रुखको हाँगा हुँदै भुइंमा नझरीकन पुग्न सकिने घना जंगल थियो रे !
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले बिक्रम संवत १८४२-४३ सम्म आईपुग्दा सबै बाइसे चौबिसे राज्य ढलीसकेक्का थिए। परम्परागत राज्ययन्त्र नष्ट हुँदा आफ्नो सुरक्षित भविष्यको निमित्त समाजमा दौडधुप चलिरहने अवास्थामा मल्लहरु यहाँ आइपुगे, उचै ठकुरीहरु आए , पाल्पाली सेन राजाले जिम्मेवारी दीई अधिकार पाएका अधिकारी ब्राह्मणहरु आए, काठमाडौँ उपत्याकाको पुरानो शहर भक्तपुरको “चोछें ” भन्ने ठाउँबाट घुमन्ते ब्यापारीको रुपमा राधाकृष्ण कसजु आई बसे पछि दुईतीन पुस्ता बितिसकेको थियो। दमै, कामी , सार्कीहरुपनि थपिदै गए, विभिन्न जाति लुँखु आइपुगे। गाउँ गुल्जारहुदै थियो तर बनजंगल, जडिबुटी, चराचुरुंगी बन्यजन्तु पातलिदै थियो ।
पर्वते अन्तिम राजा कीर्ति बम मल्लका जेठाछोरा जबरजंग बीर (जन्जाल) बम मल्लका दुईभाई छोराहरु हिमु मल्ल र ऋखु मल्ल लुँखु आई बसोवास गर्न शुरुवात हुँदा यहाँको बस्ति नाम मात्रको थियो, छिचाली नसक्नु बाक्लो जंगल थियो। पछिल्लो पुस्ताले यो अनुभव गर्नत पाएन तर सुनेको-“मल्लहरु यहाँआएको तीन पुस्तासम्म लुँखु आहाले भन्ने ठाउँबाट झण्डै तीनचार किलोमिटर माथि उकालो मल्लहरुले नै प्रतिस्थापना गरेको समुन्द्र सतह देखी २२२६ मिटर उचाइमा अवस्थित चिसापानी कालीको मन्दिरसम्म एक रुखबाट अर्को रुखको हाँगा हुँदै भुइंमा नझरीकन पुग्न सकिने घना जंगल थियो रे !
हिमु मल्ल पहिलो तालुकदार मुखिया बनेपछि गाउँको बीच पारेर एउटा चौतारी चिनी बर पिपलको बिरुवा लगाए, चौतारी बनाएको चौरको नाम आफ्नो पुर्खा पर्वते अन्तिम राजाको नाममा ‘कीर्तिचौर’ राखे। कीर्ति चौरमा तीजको मेला लाग्ने चलन चलाए। वर्षदिनमा लाग्ने यो मेला भेक्मै प्रशिद्ध हुन थाल्यो। माईती आएकी चेलीहरुले सबेरै देखि घाम नडुबुञ्ज्याल नाचगान गर्न थाले। यहि चेली-केटीहरु नाच्ने हुनाले ‘कीर्ति चौर’ बिस्तारै ‘केटीचौर’मा परिणत भयो। मल्लहरुले पनि पुर्खाको सम्झनामा राखेको चिनोकीर्ति चौर भन्नत्यसै बिर्से। चौतारीको बरको वृक्षत जमानामै ढली सक्यो, पिपलको वृक्ष भने त्यो युगदेखि खडेरी-झरी, असिना-तुसारो हुरी-बतास सहेर आजसम्म लुंखेलिको दुखसुखको साथी बनेर उभिरहेछ।
यही कीर्ति चौरमा,लोग्ने मान्छेले पहलमानी कुस्तिको शुरुवात गरे । एक अर्कालाई चितपारेर मालको पगरी गुथ्न,पैयुँ धुवाँकोटका अधिकांश गाउँका युवाहरुलेमहिनौ देखि् पोशिलो दुध-घ्यु खाएर ऋष्ट्-पुष्ट बलियो भै कसरत र अभ्यास गरी आउँथे । पैँयु धुँवाकोट क्षेत्रका पहलवानहरु जम्मा हुन्थे र उनिहरुको वीचमा कुश्ती हुँदा जित्नेलाई “माल” भनि घोषणा गरिन्थ्यो ।
यस पालिको तीजमा बिहानैदेखि दिन खुलेकोले टाढाटाढाबाट तीजको मेला हेर्न आउने मान्छेको घूर्चो थियो। चिलिबेटी नाचगानमा रमाई रहेका थिए। घुमाउने रोटिको बास्ना चारै तिर फैलि रहेको थियो। चुरेटालाई चुरा लगाइदिन भ्याईनभ्याई थियो। कटरस (फलफूलबाट बनाएको रक्सिलाई ठकुरीहरुले राखेको नाम)लाई सितन पैयुखोलाको असला माछा पनि कतै कतै पाक्दै थियो।पाखुरे, भोक्सिंग, भुसाल खर्क, गोपिनी, सम्मेनिमा जस्ता शिखरमा फलेका आलुको अचारको बास्ना चल्दा कतिको मुख रसाएकै थियो।
सर्वुडाँडा, भोक्सिंगका माल बिर्जलाल गुरुङ, सेतो कच्छड र भोटो माथि कालो इष्टकोट ठुलो सेतो नैनासुतको साफा, आफु भन्दा बित्ता लामो तीतेकाठको लौरो टेकेर कीर्ति चौरमा आईपुगेका थिए। रिष्टपुष्ट शरीर, रातोपिरो अनुहार, जिउडाल सबै मिलेको, घरमा तीन चारवटा दुहुना भैसी कहिलै टुट्दैनथ्यो, मकैसंग ठुलो कचौराभरि बाक्लो दुध, रोटीसंग नौनी घ्युको डल्ला, माल बिर्जलालको दिनहुँ आहाराको अंश हुन्थ्यो । बस्तु भाउको नित्य सेवा, खेतीपातीमा जाँगरले शरीरलाई कसरत पुगेकै थियो। गएका तीन वर्ष सम्म धेरै कुस्ती वाजलाई धुलो चटाई लगातार माल बनेका थिए। सबैका आखा उनि माथिनै थियो। सधैं झैँ यसपाली पनि साना भुराभुरीबाट कुस्ती शुरु भयो। अब चर्चा शुरु भयो पोहर सालको मालसंग लड्ने को ? उनी चानचुने थिएनन्। कसैको हिम्मत थिएन माल बिर्जलालसंग भिड्ने। भोक्सिंग, देउराली खोला बाच्छाका तिरकाले साफा गुथाई अबिर लगाएर यस पाली पनि बिर्जलाललाई ‘माल’ घोषित गरि लैजाने शुरसारमा थिए। यस्तैमा लुँखेलीले हल्ला मच्चाए -“मालसंग चंद्रु मल्ल लड्ने।”
पहिलो विश्वयुद्धमा गोर्खालीहरुले शौर्य देखाइसकेकाले यस भेकका सयौं युवाहरुलाई इष्टइन्डिया कम्पनी सरकारले लाहुरे बनाई सकेको थियो। कृषि र पशुपालनमा लाहुरे रोजगारी थपिएपछि बिस्तारै गाउँले जीवन शैलीमा परिवर्तन आउदै थियो। यद्यपि त्यति बेलासम्म गुरुङ, मगर र ठकुरीहरुका ठिटाहरुलाई मात्र भित्रभित्रैदोस्रो विश्वयुद्धको तयारीमा जुटेको कम्पनी सरकारले चारआना-मोहर बैदो लगाई गल्ला (ठिटालाई गल्ला भनिन्थ्यो ) लैजान्थ्यो। सबै खर्च, गल्लावाला (कम्पनी सरकारले जिम्मा दिएको पेन्शन वाला सिपाही ) ले बेहोरेर नौतनुवा हुदै गोरखपुर पुर्याउथे। हाटमेलामा ठिटाहरु रोज्न स्वयम् गल्लावाला पुग्दथे। आजको जस्तो लाईन लाग्न पर्दैनथ्यो।यसरी लाहुरे जीवन शुरु हुन्थ्यो। चंद्रु मल्ल, मन्दिर मल्लका छोरा,त्रिभुवन बीरका नाति , ऋखु मल्लका पलाती लाहुरे भएर छुट्टी आएका थिए। उनको उमेर हुँदो हो पच्चीस-तीस, बेजोड फुर्तिला। आंधीखोला छ्यांग्छ्याँग्दी बजारमा पहिलो छुट्टीआउदा दौडेर हावामै समर्सुट ड्राईभ लगाई दुइतिन फन्को लगाई दिएर ‘हावामै उडेको’ चर्चा अझै सेलाएको थिएन।
सर्बुडाँडाका बिर्जलाल गुरुङ र चन्द्रु मल्ल दुइवीच कुश्ती हुने निश्चित भयो। तीजको बजार भरि कौतुहल फैलियो अब के हुने हो ? कुस्ती शुरु भयो, कसैको हारजीत हुन सकेन । बलमा बिर्जलाल बलिया थिए तर चंद्रु मल्ल यति फुर्तिला थिए कि जति गर्दा पनि बिर्जलालले पछार्न सकेनन। यसैले त्यहाँका गन्यमान्यले एक्एक मोहर एकअर्कामा साट्न लगाई तीनिहरुको मीत लगाइ दिए । दुबैलाई नैनासुत थान्-थान को फेटा लागाइ अवीर जात्र गरी भोक्सिङेले आफ्ना माललाई काँधमा बोकी लिएर गए भने लुँखिलीले चन्द्रु मल्ललाई । यसरि सर्बुडाँडाका बृजलाल “मालगुरुङ” कानामले टाढा-टाढासम्म चिनिईरहे।
बृजलाल गुरुङका दुइटी पत्नीहरु थिए, कृष्णा र नरमाया । उनको ८४ वर्षको उमेरमा बिक्रम संवत २०५० को हिउँद, पुष महिनामा देहावसान भएको थियो । उनका दुईजना श्रीमतीहरुबाट पाँच छोराहरु भए । जाम बहादुर, भिम बहादुर, बम बहादुर, केश बहादुर र खेम बहादुर गुरुङ ।
चंद्रु मल्ल छुट्टी पुरा भए पछि पल्टन हाजिर भए। दोश्रोविश्वयुद्ध लडे जापानीको बन्दि बने धेरै हण्डर खाए । सुबेदार भै पेन्सन निस्किए। उनको बिवाह हरिकुमारी उचै ठकुरीसंग भएको थियो। यिनका छोराहरु देवेन्द्र कुमार, चन्द्र बहादुर, जीतेन्द्र प्रकाश , जंगबहदुर मल्ल चार जना रछोरीहरु भद्रकुमारी सेन, पदम कुमारी शाही र झलक कुमारी शाही भए। उनको देहावसान ८७ वर्षको उमेर भयो।
उनीहरु मरेर गए तरकीर्ति चौरमा लगाएको मितेरी नातोको जग अमर-अजररहिरहने छ। इति :
।
वि.सं.२०७७ भदौ १३ शनिवार १८:५४ मा प्रकाशित






























