back
CTIZAN AD

महामारीबाट पर्यटन उद्योगले के शिक्षा लिने ?

वि.सं.२०७७ भदौ १५ सोमवार

972 

shares

अहिले पर्यटकको भारी बोक्ने भरियादेखि ठुला पर्यटन उद्योगी व्यवसायी सबैको रोजगार तथा आम्दानी ऋणात्मक दिशातर्फ गइरहेको छ । काम र आम्दानी ठप्प भएका कारण पर्यटन क्षेत्रमा रोजगारमुलक ढंगले काम गर्ने लाखौं मानिसहरुको आधारभुत दैनिकी जीवनमा नै ठुलो असर पर्न गएको छ ।


मानिसहरुको घुमफिर, मनोरञ्जन र सिकाईजस्ता विषयसँग जोडिएको पर्यटन व्यवसाय विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सिथिल अवस्थामा पुगेको छ । सन् १९५१ मा नेपाल पर्यटकीय भ्रमणको लागि खुला गरिएपछि क्रमशः नेपालको पर्यटन क्षेत्रका हरेक पक्षहरुमा विकास हुँदै आएको थियो । तर, अस्थिर राजनीति, पछिल्लो पटकको भुकम्प र अहिलेको कोरोना महामारीले पर्यटन क्षेत्रका लगानीकर्तालाई पूर्णं निराश बनाउने काम गरेको छ ।

नेपाल जस्तो भुपरिवेष्ठित र विकासोन्मुख देशमा पर्यटनको अवधारणामा नै परिमार्जन गर्नुपर्ने कुरा पटक–पटक बहसका रुपमा आईरहेको थियो । पछिल्लो महामारीले समग्र नेपालको अर्थराजनीतिलाई नै नयाँ र दुरगामी महत्वको शिक्षा दिएको छ, जुन कुरा पर्यटन क्षेत्रको लागि समेत अति महत्वपुर्ण बन्न गएको छ ।

महामारीले निम्त्याएको संकट र शिक्षा

अहिले पर्यटकको भारी बोक्ने भरियादेखि ठुला पर्यटन उद्योगी व्यवसायी सबैको रोजगार तथा आम्दानी ऋणात्मक दिशातर्फ गइरहेको छ । काम र आम्दानी ठप्प भएका कारण पर्यटन क्षेत्रमा रोजगारमुलक ढंगले काम गर्ने लाखौं मानिसहरुको आधारभुत दैनिकी जीवनमा नै ठुलो असर पर्न गएको छ ।

महामारीको कारण वैदेशिक र स्वदेशी पर्यटकको पर्यटकीय योजना यतिबेला बन्द भएका छन् । महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसायका लगानीकर्ता र कामदारहरुले आम्दानी र रोजगार मात्रै गुमाएका छैनन् राज्यले पर्यटन क्षेत्रबाट गर्ने वैदेशिक मुद्राको आम्दानीसमेत गुमाएको छ । जसको असर आगामी व्यापार सन्तुलनमा समेत पर्ने देखिन्छ ।

०७२ को भूकम्प र पछिल्लो महामारीले हामीलाई पर्यटन व्यवसायको स्वरुप र क्षेत्र निर्धारण नगरी नहुने बनाएको छ । यसले हामीलाई परनिर्भर नभई आत्मनिर्भर खालको व्यवसाय बनाउनु पर्ने शिक्षा दिएको छ । जसको लागि लगानीकर्ता र सरकारबीच बृहत छलफल र बहसको खाँचो टड्कारो देखिन्छ ।

०७२ को भूकम्प र पछिल्लो महामारीले हामीलाई पर्यटन व्यवसायको स्वरुप र क्षेत्र निर्धारण नगरी नहुने बनाएको छ । यसले हामीलाई परनिर्भर नभई आत्मनिर्भर खालको व्यवसाय बनाउनु पर्ने शिक्षा दिएको छ । जसको लागि लगानीकर्ता र सरकारबीच बृहत छलफल र बहसको खाँचो टड्कारो देखिन्छ ।

अबको पर्यटन

औद्योगिक वा अन्य वस्तु तथा सेवाको पैठारी कम गर्ने जुनसुकै मुलुकको लागि पनि वैदेशिक मुद्राको आर्जन गर्ने मुख्य दिगो आधार नै पर्यटन व्यवसाय हो । अझै विगतदेखि वर्तमानसम्मको अवस्थालाई श्रेणीगत रुपमा हेर्दा नेपालको नियमित व्यापार घाटालाई वैदेशिक मुद्रा आर्जनको कोणबाट कम गर्ने रेमिट्यान्स पछिको दोस्रो महत्वपुर्ण क्षेत्र नै पर्यटन हो । त्यसैले पर्यटन व्यवसायलाई अझ मजबुत र दिगो आधारमा अगाडि बढाउनुको विकल्प छैन् ।

हामीले पर्यटन व्यवसाय वा उद्यमलाई विषयगत रुपमा हेर्यौं भने पहिलोमा, ट्राभल एण्ड टुर्स र टिकेटिङलगायत पर्दछन् । सेवा मुलक वा माध्यमको रुपमा मात्रै कार्य गर्ने परनिर्भर प्रकृतिका व्यवसायहरु जो छन् ति व्यवसायहरु महामारीजस्तो विषम परिस्थितिमा निकै मारमा परेका छन् ।

राज्यले मौद्रिक नीतिमार्फत ऋणीहरुलाई बैंकमा बुझाउनुपर्ने साँवा र ब्याजको समय र सहुलियतको व्यवस्था गरेको छ तर, यस्ता व्यवसायीको करिब ६ महिनादेखिको बिना आम्दानी भाडा तिर्नुपर्ने, बैंकको ऋण भुक्तान गर्नुपर्ने र आशाका साथ राम्रो समयको प्रतिक्षा गर्नुपर्ने बाध्यतालाई भने त्यति सम्बोधन गरिएको देखिन्न । यस विषयमा केन्द्रिय सरकार, स्थानिय सरकार र सम्बन्धित पक्षको बिचमा केहि समझदारी गर्न आवश्यक देखिन्छ । जसले गर्दा पर्यटन व्यवसायको क्षेत्रमा लगानी गरेका व्याक्तिहरुलाई टिकाइरहन सकियोस र महामारीको अन्त्यसँगै पर्यटन क्षेत्रको व्यापक पुर्नउत्थान गर्न सकियोस ।

दोस्रोमा, होटल, लज, होमस्टे लगायतका व्यवसायहरु, विशेषत जुन व्यवसायहरुमा एकल वा सामुहिक स्वामित्वमा सञ्चालनमा रहेका छन्, तिनिहरुको लगानीको स्थिर पुँजीको हिस्सा ठुलो रहेको छ । यस्ता क्षेत्रका व्यवसायहरुले धेरै ठुलो संख्यामा आन्तरिक रोजगारको पनि सिर्जना गरेका छन् । सरकारले क्वारेन्टिनको लागि छनौट गरेका केहि होटल लजहरु बाहेक वर्तमानमा धेरैको कारोबारको अवस्था ठप्प रहेको छ । सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेसँगै धेरै संख्यामा नयाँ लगानीकर्ताहरुले सञ्चालनको शुरुवात गरेको नयाँ व्यवसायहरुको अवस्था झनै डरलाग्दो बनेको छ ।

ठुलो लगानी रहेका पर्यटन व्यवसायलाई जिवित अवस्थामा राख्न सरकारले विकसित अवस्था हेरिकन विशेष राहतको प्याकेज ल्याउन जरुरी छ । जसले गर्दा लगानीकर्ताहरु व्यवसायबाट भाग्ने होइन नयाँ सन्दर्भअनुसार नेपालको पर्यटन व्यवसाय सञ्चालन गर्ने हैसियत राख्नेछन् ।

ठुलो लगानी रहेका पर्यटन व्यवसायलाई जिवित अवस्थामा राख्न सरकारले विकसित अवस्था हेरिकन विशेष राहतको प्याकेज ल्याउन जरुरी छ । जसले गर्दा लगानीकर्ताहरु व्यवसायबाट भाग्ने होइन नयाँ सन्दर्भअनुसार नेपालको पर्यटन व्यवसाय सञ्चालन गर्ने हैसियत राख्नेछन् ।

हामीले वस्तु उत्पादनसँग जोडेर सामाजिक एवं सामुहिक ढंगबाट सञ्चालन गर्न सकिने होटल, लज, होमस्टेजस्ता पर्यटन व्यवसायहरुलाई अबको नयाँ समयसँगै नयाँ ढंगले सञ्चालन र व्यवस्थापन गर्न आवश्यक देखिएको छ । नेपालको पर्यटनको ठुलो हिस्सा वैदेशिक देखासिकीमा पनि हुर्किरहेको छ । आफ्नो मौलिकताको संरक्षण गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने र स्थानिय साधन स्रोतको आधारमा औद्योगिक उत्पादन गर्ने कार्यलाई अबको पर्यटनको हिस्सा बनाउनुपर्दछ । सयौं जाति, भेषभुषा, संस्कृति, भाषा, पहिचान र बृहत विविधतायुक्त भुगोललाई हेर्दा सम्पुर्ण नेपाल नै पर्यटकिय क्षेत्रको रुपमा विकास हुनसक्छ ।

ठुला लगानीकर्ता, सबै तहका सरकार, स्थानिय जनताको साझेदारीमा समुदाय स्तरको साझेदारी पर्यटन वा होमस्टे प्रकृतिको गाउँले पर्यटनको विकासको अवधारणामा अब हामी जानुपर्छ । यसो गर्दा मौलिक पहिचानको रक्षा हुने, समाजको मौलिक विकास हुने र आम रोजगारको सिर्जना हुने अवस्था सिर्जना हुनपुग्दछ । साथै उद्योग, कृषि र पर्यटनको साझेदारीका कारण व्यापक उत्पादनमा बृद्धि भई अन्तरदेशिय व्यापार सन्तुलनमा समेत सुधार हुन पुग्दछ ।

निष्कर्ष

व्यवसायिक क्षेत्र वा समाजमा समस्या आउनु संयोग वा समाज विकासको नियमित प्रक्रिया हो तर, तत्कालिन आधारमा टेकेर सुदुर संकेतहरुलाई हेर्दै हाम्रा योजना र कार्यक्रम अगाडि बढाउन सकिएमा हाम्रो जीवन वा व्यवसायमा नियमित उहि प्रकारका समस्या नदोहोरिन सक्छन् । अहिलेको सन्दर्भमा पर्यटन लगायत सबै क्षेत्रमा समस्या सिर्जना भएको छ ।

मलाई लाग्दछ, हामीले आशाका साथ नेपालको पर्यटन क्षेत्रको विषयमा केहि छलफल गर्न जरुरी छ । जसले गर्दा हामीले समृद्ध नेपाल निर्माण र समतामुलक समाज निर्माणको सवालमा समेत व्यवसायको तर्फबाट महत्वपुर्ण योगदान गर्न सक्दछौं ।

(पौडेल गाउँले पर्यटन नेपालका अध्यक्ष हुन्)

वि.सं.२०७७ भदौ १५ सोमवार १८:२७ मा प्रकाशित

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...