back
CTIZAN AD

शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७७ भदौ १७ बुधवार

684 

shares

१७ भदौ, काठमाडौं । काठमाडौंको महाराजगन्ज स्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

मृत्युहुनेमा काठमाडौं महानगरका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. सविन थपलियाले संसारन्युजलाई जानकारी दिएका छन् ।

डा थपलियका अनुसार ७५ वर्षीय पुरुष १५ गते कोभिड आइसोलेसनको आइसीयुमा भर्ना भएका थिए भने तनहुँकी २० वर्षीया महिलामा बाथरोगको समस्याका कारण मिर्गौलामा खराबी आएकाले डाइलोसिसमा थिइन् । उनलाई कोरोना पुष्टि भएपछि मंगलबार मात्रै कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।

सुगर र प्रेसरको समस्या रहेका ७५ वर्षीय पुरुषको दिउँसो ४ बजेतिर र महिलाको राति मत्यु भएको डा. थपलियाले जानकारी दिएका छन् ।

डा. थपलियाका अनुसार टिचिङ अस्पतालको आइसोलेसनमा हालसम्म ७५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमा ५ जना आइसीयुमा रहेका छन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार ११:२९ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...