back
CTIZAN AD

तेस्रो टि-२० मा पाकिस्तान ५ रनले विजयी, श्रृखला १-१ को बराबरीमा रोकियो

वि.सं.२०७७ भदौ १७ बुधवार

732 

shares

१७ भदौँ, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टि-२० मा पाकिस्तान ५ रनले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमएर १९० रन बनाएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा मोहम्मद हफिजले ५२ बलमा ८६ रनको विस्फोटक ब्याटिङ्ग गरेका थिए । इंल्याण्डका लागि बलिङ्गमा क्रिस जोडनले सर्वाधिक २ विकेट लिएका थिए ।

पाकिस्तानले दिएको १९१ रनको विशाल लक्ष्य इंल्याण्डले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । इंल्याण्ले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । इंल्याण्डका लागि मोइन अलिले ३३ बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए । पाकिस्तानका लागि बलिङ्गमा शाहिन अफ्रिदी र वहाब रियाजले २/२ विकेट निकालेका थिए । जितसँगै पाकिस्तानले ३ खेलका टि-२० श्रृखला १-१ को बराबरीमा रोकेको छ ।

इंल्याण्डले अब सेप्टेम्बर ४ मा अष्ट्रेलिया विरुद्ध पहिलो टि-२० खेल्ने छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार ११:२३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...