back
CTIZAN AD

आठ ट्रकमा लगिएका १७१ गोरु कब्जामा

वि.सं.२०७३ पुस १९ मंगलवार

1.2K 

shares

१९ पुस,चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ ।

भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी लैजाँदै गरेका ट्रकसहित गोरु बरामद गरिएको हो ।

कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौँडालगायतका स्थानबाट लोड गरिएका ट्रक रातारात हेटौँडा लैजाने गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताउनुभयो ।

भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीसँग मिलेर नेपाली कागज बनाएर लैजाँदै गरेका आठ ट्रकमा लोड गरिएका ती गोरु कब्जा गरिएको हो ।

गोरु तस्कारले ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा ती गोरु लोड गरी राति लैजाँदै गरेको अवस्थामा कपिलवस्तुको खरेन्द्रपुरबाट पक्राउ गरिएको हो ।

इलाका प्रशासन कार्यालयका शाखा अधिकृत अर्याल, सुब्बा गणेश कार्की, स्थानीय एक पत्रकार र खरेन्द्रपुरमा रहेको सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका रामबहादुर घर्तीको कमाण्डमा खटिएका ११ जनाको टोलीले खरेन्द्रपुरबाट ट्रकसहित गोरु पक्राउ गरेको थियो । कब्जा गरिएका गोरु र ट्रक रातिनै वडा प्रहरी कार्यालय चन्द्रौटामा बुझाइएको थियो ।

तस्करले खुल्ला सिमानाका कारण भारतबाट अवैधरुपमा नेपाल भित्र्याउने, यहाँबाट बुटवल, नारायणगढ हँुदै हेटाँैडा, झापामा पु¥याउने गरेको बताएका छन् । झापाबाट पुनः भारतमा प्रवेश गर्दै बङ्गलादेश पु¥याउने गरेको गोरु ओसारपसारमा संलग्न सिराहाका नुर मोहम्मदले जानकारी दिएका छन् ।

पछिल्लो समय गोरु तस्करले कपिलवस्तुलाई गोरु तस्करको मुख्य अखडा बनाएका छन् । रासस

वि.सं.२०७३ पुस १९ मंगलवार ०५:०६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...