back
CTIZAN AD

भारोत्तोलन एकेडेमी निर्माण दु्रतगतिमा

वि.सं.२०७३ पुस १९ मंगलवार

813 

shares

नेपालगन्ज । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ ।

एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका बालबालिकाको छनोट गरी उनीहरुलाई सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइनेछ ।

नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका अनुसार, केटा र केटी गरी करिब ५० जना प्रशिक्षार्थी अट्न सक्ने क्षमताको तीन तले एकेडेमी भवन निर्माणको काम दुई वर्षभित्र सक्ने लक्ष्य निर्धारण गरिएको छ ।

करिब रु एक करोडको लागतमा निर्माण हुने एकेडेमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने थप करिब रु एक करोड बराबरको उपकरण समेत जडान गरिने छ ।

हालसम्म केन्द्रबाट रु २० लाख रकम निकासा भइसकेको र थप रकम निकासाका लागि प्रक्रिया समेत अघि बढिसकेको जनाइएको छ ।

एकेडेमी भवनमा तालिम कक्ष, प्रतिक्षालय कक्ष, चेन्जिङ कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधा सम्पन्न संरचनाको व्यवस्था गरिएको कन्सल्टेन्ट इन्जिनियर महेश थापाले जानकारी गराउनुभयो ।

दक्षिण एसियाली भारोत्तोलन सङ्घका संयोजक समेत रहनुभएका टण्डनका अनुसार, नेपालगन्ज रङ्गशाला क्षेत्रको कुल चारहजार वर्गफिट जग्गा एकेडेमीअन्तर्गत रहने र कुल जग्गामध्ये दुई हजार ८०० वर्ग फिटमा भवन निर्माण हुनेछ ।

एकेडेमीमा तालिम दिइने विद्यार्थीको अध्ययनलगायतका सबै खर्च संस्थागत हुनेछ भने एकेडेमीको प्रशासन र अन्य प्राविधिक खर्चका लागि सहयोगी हात खोजिने पनि अध्यक्ष टण्डनले बताउनुभयो ।

भवन निर्माण र उपकरण जडानका लागि नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घ र एसियाली भारोत्तोलन सङ्घबाट आर्थिक तथा अन्य सुविधा प्राप्त हुने जनाइएको छ । रासस

वि.सं.२०७३ पुस १९ मंगलवार ०४:४७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...