Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

विश्व किर्तीमानी तीन बहिनी भन्छन् ‘स्कटिङ गरेरै पनि हिमाल चढ्यौ’



aarohi5jpg

परिवार समाज आफ्नै ठाउँमा छ । समाजले दिएका राम्रा कुराहरु अनुशरण गर्दै जाने र नराम्रा कुराहरु वास्ता गर्नुहुँदैन । घरपरिवार महिलाले मात्र सम्हाल्नु पर्छ भन्ने चलन हाम्रो देशमा मात्र बढी छ । अन्य देशमा दुवैजना मिलेर गर्छन् । त्यसैले हामीले पनि श्रीमान श्रीमतीलाई साथिको रुपमा लिएर एकले अर्कोलाई साथ दिनुपर्छ । महिलाहरुले यस धर्तिका लागि आफूले के गर्न सक्छु भनेर अघि बढ्नुपर्छ । आफ्नो अस्तित्व बुझ्नुपर्छ । जुनसुकै काममा पनि अगाडि बढ्नुपर्छ । अर्को कुरा चिया नै बेच्न किन नपरोस् आफू आर्थिकरुपमा शसक्त हुनैपर्छ महिलाले । अर्को कुरा हामीलाई कंचनजंघा चढ्नका लागि आर्थिक तथा भौतिक सहयोग गरिदिनु संसारमा रहनु भएका नेपालीमा अनुरोध गर्दछु ।

नेपाली समाजमा महिलाहरुलाई आफ्नो खुवी देखाउने स्वतन्त्रता कमैलाई हुन्छ । परम्परागत रुपमा अझै पनि कतिपय महिलाहरुलाई चुलो चौकौमै अल्झिनुपर्ने र घरपरिवारको सेवा नै आफ्नो सेवा मानेर जिन्दगी विताउनु परेको छ । तर, यहि समाजमा त्यस्ता धेरै महिला छन् जो यस धर्तिमा आफ्नो अस्तित्व के त भनेर हरदम आफ्नो भूमिका खोजिरहन्छन् । अनि आफैलाई प्रश्न गरिरहन्छन यो देश अनि समाजलाई मैले के दिन सक्छु ?
त्यस्तै महिलाहरुको जमातमा एउटा छुट्टै अनि साहसी सोँच बोकेको टीम हो, माया शेर्पाको टिम । ओखलढुंगा पात्ले ५ रिपालकी माया शेर्पा, दोलखा रोवालिङ १ की दाबा याङजोम शेर्पा र  पासाङ ल्हामू शेर्पा । यी तीन चेलीहरुले नेपाल र नेपाली महिलाको बीचमा मात्रै आफ्नो छुट्टै पहिचान बनाएका छैनन् विश्वकै महिलाहरुका विचमा साहसी नेपाली महिलाका रुपमा परिचित भएका छन् । त्यो पहिचान हो विश्व किर्तिमानी महिला आरोही ।
हुन त, हाम्रो देशमा अन्य सामाजिक क्षेत्रमा पनि महिलाहरुले विश्व किर्तीमानी नराखेको होइनन्, तर त्यो किर्तीमानीमा अत्यन्तै नरम भाव, दया, माया र मानवियता देखिएको छ । तर, यी तीन शेर्पा दिदीबहिनीले विश्वका पहिलो शिखर सगरमाथा र विश्वको दोश्रो अग्लो शिखर पाकिस्तानको केटु हिमालमा चढेर आफूहरुलाई साहसी नेपाली महिलाका रुपमा विश्वमै आफ्नो नाम दर्ज गराएर नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो पारिदिएका छन् भन्न कन्ज्युस्याइ गर्नु हुँदैन । उनै तीन महिलामध्ये आरोही टोलीको नेतृत्व गरेकी माया शेर्पा र टिम सदस्य दावा याङजू सेर्पासँग संसारन्युजका लागि चन्दा थापाले गरेको कुराकानी ।

हिमाल चढने सोँच कसरी आयो माया जी ?
म सानै देखि केही नयाँ गर्नुपर्छ भन्ने सोच भएको व्यक्ति हुँ । मलाई घरमा पनि पुरा सर्पोट थियो । फेरि क्लाइम्बिङ भनेको हामी शेर्पाहरुको पुख्र्यौली पेशा पनि हो । हामीले यसलाई निरन्तरता मात्रै दिएका छैनौ, संसारभरी देशलाई चिनाउने काम पनि गरेका छौं । हाम्रो देश पर्यटनको सम्भावना भएको देश हो । विश्वको अग्लो शिखर सगरमाथा मात्र होइन, बुद्धको देश, पशुपतिको देश, सगरमाथाको देश, सिताको माइती देश लगायत गर्व गनुपर्ने थुप्रै विभुति र प्राकृतिक बरदानहरु हामीसँग छ । तर, हामीले यसको सहि विकास र संसारभरी प्रचार–प्रसार गर्न सकेका छैनौं । । त्यसैले पनि हामी केही समयमा नै पर्यटन प्रवद्र्धनका लागि ‘हिमाल सुरक्षित छ’ र ‘जलवायू परिवर्तनले पारेको असर र यसको न्युनिकरण’को सन्देश दिन कंचनजंघा चढ्दै छौं ।

aarohi44
थोरै बताइदिनुस् न, हिमाल चढ्न के गर्नु पर्छ अनि कसरी चढ्ने ?
मलाई त सजिलो भो हिमाल चढ्न । कीनकी मैले ट्रेकिङ नै गरिरहेको थिएँ । मेरो पेशा नै ट्रेकिङ थियो । मैले लाङटाङमा १ महिने ट्रेकिङ तालिम लिएको छु हिमाल चढ्ने सम्बन्धी ।
पहिले कुन हिमाल चढ्नु भयो ?
मैले व्यक्तिगतरुपमा पहिलोपटक ६,८१२ मी.को आमा दब्लब हिमाल चढेको हुँ । त्यतिबेला म गाइडको रुपमा नै चढेको थिए । अष्ट्रेलियन नागरिक १८ वर्षीय युवतीको गाइड बनेर चढेको थिएँ । त्यतिबेला गाइडको रुपमै चढेको भएपनि म आमा दब्लब चढ्ने पहिलो नेपाली महिला थिएँ। म २३ बर्षकी थिएँ त्यतिबेला । अष्ट्रेलियन उनी योंगेष्ट गर्लको रुपमा हिमाल चढेकी थिईन् ।
कस्तो अनुभव भयो पहिलोपटक हिमाल चढ्दा ?
अलि नर्भस थिए । पहिलोपटक चढ्न लागेको थिए । पहिले हिमाल चढेको अनुभव थिएन । हिमाल चढ्ने सामानहरु पनि त्यति राम्रो थिएन । मैले साथी भाइले एकपटक प्रयोग गरिसकेको सामान लिएको थिएँ । टेक्निकल ज्ञान नभएकाले हिउँले हात पनि खाएको थियो । झन त्यतिबेला क्याम्पमा रहेका अन्य आरोहिहरुले गा¥हो हुन्छ भनेका थिए । तर पनि हिम्मत हारिन् । हिमाल चढेँ । हामी दुइजना हिमाल पुगेपछि १० मिनेट जति त्यहि रोकियौं । एक अर्कालाई बधाइ दियौं अनि फर्कियौं ।
परिवारले स्वीकृति दियो त हिमाल चढ्न ?
हजुर, मेरो परिवारले मलाइ कहिल्यै रोकेन । जब म आमा दब्लब चढेर आए परिवार पनि खुसी भयो । सानैदेखि मेरो एक्स्ट्रा एक्टिभिटिज थियो । त्यसैले पनि मैले कहि गर्न सक्छु भन्ने परिवारको आसा थियो । हिमाल चढेर आएपछि“तिम्रो छोरीले राम्रो काम ग¥यो” भनेर सबैले भनेपछि त परिवारले मलाई झन केही गरोस् भनेर उत्साह भरिदियो ।
अनि त्यसपछि कुन हिमाल चढ्नु भयो ?
सन २००४ मा ७, १६१ मीटरको माउन्ट पुमोरी चढेँ । यसलाई शेर्पाहरुले हिमालकी छोरी (द माउन्टेन डटर) भनेर नामाकरण गरेका छन् । यो तिब्बत र नेपालको बोर्डरमा छ, सगरमाथाबाट ८ किलोमिटर पुर्वमा । पुमोरी चढ्न र झर्न गरेर ४० देखि ५० दिन लागेको थियो । फेरि २००४ मै तिब्बतको माउन्ट चो यु (Mountain -Cho Oyu)  चढे । यी तीनैवटा हिमाल चढ्ने म पहिलो नेपाली महिला हुँ ।
त्यसपछि कुन हिमाल चढ्नु भयो ?
२००५ तिर २–३ वटा सानो हिमालहरु चढे । २००६ मा सगरमाथा चढे । २००७ मा फेरि तिब्बत तिरबाट पनि सगरमाथा चढे । समय दुई महिना लाग्यो । त्यतिबेला मेरो श्रीमान पनिसँगै हुनुहुन्थ्यो । फेरि २००७ मै श्रीमान श्रीमती नै किर्गिस्तानको काङतेङग्री (७ हजार मी) हिमाल चढ्यौं । २००९ मा माउन्ट बरुन्छे (खुम्बु साइट) चढे । सानो सानो अरु हिमाल पनि चढेँ ।
त्यसपछि ?
त्यसपछि म केही वर्ष घरमै बसे । बच्चा पेटमा थियो । ५ वर्ष घरमै बसेर बच्चाको स्याहार गरे । तर, मेरो यात्रा कता कता छोडिए जस्तो लाग्यो । उद्धेश्य भुलेजस्तो लाग्यो । कहिलेकाँही त रिस पनि उठ्यो । अनि श्रीमानसँग पनि आफ्नो कुरा सेयर गरे । उहाँले पनि बच्चा ठूलो भएपछि निरन्तरता देउ भन्नु भयो । ५ वर्ष ग्याप भइसकेको थियो । साथिहरुले पनि बच्चा जन्मिएपछि त अब पहिलेको जस्तो हिमाल चढ्न सक्तैनौ होला भने । मलाई झन नरमाइलो लाग्यो । मोटाएको पनि थिएँ । होइन, अब आफ्नो काम छोड्नु हुन्न भनेर दृढ निश्चय लिएँ ।
तीन बहिनी कहिले भेट हुनु भयो ?
पासाङ अमेरिकाबाट आउने जाने गथ्र्यो । त्योविचमा उसले पनि हिमाल चढ्यो । दावा याङजु र म इमेल र फोनमा कुराकानी गथ्र्यौ । दावा पनि ट्रेकिङ गाइड नै थियो । सन् २०१३ सेप्टेम्बरमा हामी तीनजना भेट्यौ मेरो घरमा । हामीले सल्लाह ग¥यौं नयाँ केही गर्ने । हामी तीनैजना बिबाहित थियौं । विशेष गरेर बिबाह पछि महिलाले एक्लै हुँदा जस्तो चुनौतीको काम गर्न सक्तैनन् भन्ने थियो । त्यसैले पनि हामीले केही गरेर देखाउने अठोट लियौं । प्रपोजल बनाउन १ महिना लाग्यो । हामिले त्यतिबेला पाकिस्तानको केटु हिमाल चढ्ने अठोट लियौं ।

aarohi2
पाकिस्तानको हिमाल कहिले चढ्नु भयो ?
पाकिस्तानको केटु माउन्टेन विश्वकै दोस्रो अग्लो हिमाल हो । यसमा चढ्नलाई संसारमै गा¥हो हिमालको रुपमा पनि लिइन्छ । हामीले विश्वको दोस्रो र गा¥हो हिमाल त्यो पनि पाकिस्तानको हिमाल चढ्ने भन्दा सबै सिनियर साथिहरु अचम्म पर्नुभयो । यो केटीहरुले अरु हिमाल पाएनछ भनेर पनि भने । तर, हाम्रो हिम्मतलाई सम्मान गर्दै हिमाल नचढेपनि त्यहाँ जान्छु भन्नुनै ठूलो कुरा हो भनेर हौसला बढाउनु भयो । फेरि पाकिस्तानमा महिलाहरु सार्वजनिक रुपमा दिल खोलेर हास्न पनि पाउँदैनन् बाहिर । हामी त्यस्तो देशमा फेरि महिला शसक्तिकरणकै नारा लिएर जाँदै थियौं । हामीले वुमन क्लाइम्बिङ फर क्लाइमेट चेन्ज भन्ने नारा बाहिर देखाएर गयौं ।
अनि त्यहाँ त खतरा हुन्छ भन्छन् नी ?
होनी खतरा त थियो नै पहिलोपटक त्यता गएका थियौं । हामी सन् २०१४ को जुन महिनामा त्यहाँ गएका थियौं । हाम्रो कराची ट्रान्जिट परेको थियो ।तर, हामी जानुभन्दा १० दिन अगाडि त्यहाँ बम विस्फोट भएको थियो । तर, पनि हामी जाने समय सम्म सामान्य भइसकेको थियो । त्यसैले पनि हामीलाई खासै केही भएन । इस्लामाबादको एउटा सपिङमलमा पनि विस्फोट गराइएको थियो । हामीपनि त्यहि सपिङ मलमा पुगेर सपिङ गरेका थियौं ।जताततै खतरा देखिन्थ्यो । हामी स्कार्ड फ्लाइटमा जाने भनेर सोचेका थियौं । तर, मौसमको खराबीका कारण बसमै गयौं । २ दिन बसमा हिडेपछि स्कार्ड पुग्यौं । हामी चढेको बसमा हामी ३ जना बाहेक अरु १० जना विदेशी आरोहिहरु पनि थिए । त्यहाँका सुरक्षाकर्मीहरुले हामीलाई स्कर्टिङ गरेर लगेका थिए । हामी स्कार्ड बाट ट्रेकिङ गर्दै ७ दिनमा त्यहाँको बेसक्याम्प पुग्यौं । त्यतिबेला काठमाडौं छोडेको १२ दिन पुगेको थियो । हामी सेभेन समिट ट्रेकिङ र पाकिस्तानको नाजिर साविर एक्स्पीडिसनमार्फत केटु चढेका थियौं ।

aarohi3
कस्तो पाउँनु भयो त त्यहाँ ?
त्यहाँ पुग्दा हामीले फरक इन्भारमेन्ट पायौं । हामीलाई यहाँ हुँदा त्यहाँको बारेमा साह्रै डराउन दिइएको थियो । तर, त्यहाँका हिमाली भेगका गाउँहरु र नागरिकहरु हाम्रै देशको जस्तो लाग्यो । हामीलाई सम्मानपुर्वक हेर्थे । हामीलाई त धेरै सेफ फिल भयो । आफ्नै घरजस्तो लाग्यो त्यहाँ । त्यतिबेला लाग्यो हामी कुरै बढी गर्दा रहेछौं, सकारात्मक भन्दा नकरात्मक बढी ।
डर लागेन अर्काको देशमा त्यो पनि हिमाल चढ्न जाँदा ?
डर लागेन । सायद हामीलाई हाम्रै देशको हिमालले साहसी बनाएको थियो । विश्वको कुनै कुनामा पुगेर आफ्नो साहस देखाउन पछि नपर भन्ने हिम्मत दिएको थियो । हामी रमाइलो ग¥यौं । हास्यौ । नाच्यौ । एकदिन मनुपर्छ, माथि पुगेर फर्किन पाइन्छ की पाइदैन भन्थ्यौ हास्थ्यौं । तर, आमा हुँ नी छोरीको पिर लाग्थ्यो । हामी फिजीकली मात्रै होइन् मेन्टली पनि तयार थियौं त्यसैले गा¥हो लागेन । कति त डराएर बस्छन् के होला भनेर ।
विदेशी टिमले कस्तो नजरले हेर्थे तपाइहरुलाई ?
उनीहरुले हामीलाई साहसी हिम्मतीला भन्थे । पोजेटिभ रुपमा लिन्थे । फेरि उनीहरु धेरै अनुभवि थिए । किनकी केटु चढ्नेहरु अनुभविहरु न्ै हुन्छन् । उनीहरु त नेपालका हिमाल पनि चढीसकेका थिए । उनीहरु मध्ये धेरैजसो सगरमाथा चढेका थिए ।
केटुको चुचुरोमा पुग्दाको अनुभव ?
चुचुरोमा चढेपछि त छाति गर्वले फूल्यो । विगत सम्झे । विगतका हिमालहरु चढेको सम्झे । अनि अब त चढ्न सक्तैनौ होला भन्ने साथीहरुलाई सम्झे । अनि नेपाली झण्डा केटुको चुचुरोमा गाड्न पाउँदा संसार जितेजस्तो लाग्यो । हामी ५० दिनका दिन माथि पुगेर फर्किसकेका थियौं ।
खर्च कसरी जुटाउनु भयो अनि रोयल्टी कति तिर्नु भयो ?
केटु चढ्दा झण्डै ७० लाख खर्च लागेको थियो तीन जनाको । नेपाल सरकारबाट ५ लाख पाएका थियौं । अरु शेर्पा कम्युनिटी र कम्पनी तथा टुरिजम सम्बन्धी विभिन्न संघ संस्थाहरुले सहयोग गर्नु भयो । हामीले १ जनाको १७ सय डलरका दरले रोयल्टी तिरेका थियौं ।

aarohi1

फेरि कंचनजंघा चढ्न लाग्नु भएछ नी त ?
हो, हामीले २०१७ को अप्रिल र मइ तिर कंचनाजंघा चढ्ने घोषणा गरेका छौं । त्यो बेला पनि हामी तीनैजनाले हिमाल आरोहण गर्नेछौं । यसमा जलवायू परिवर्तनले विश्वमै नकारात्मक असर पार्दै आएको अवस्थामा थ्री वुमन थ्री टप (Three women Three top)  नाराका साथ चढ्दै छौं । अर्को यसको मुख्य उद्धेश्य विश्व सामु भूकम्पपछि पनि नेपालका हिमालहरु सुरक्षित छन् भन्ने कुरा देखाउन पनि हो । ताप्लेजुङ जिल्लामा रहेको यो हिमालको नाम “कति राम्रो यो प्यारो कंचनजंघा” भनेर सुमधुर गीत बज्दछ,  कंचनजंघाले ६५ वर्षको डाइमण्ड जुब्ली पनि मनाइसकेको छ । तर त्यसको त्यति चर्चा छैन । नेपालमा सगरमाथा बाहेक थुपै चढ्न लायक हिमालहरु छन् भनेर सन्देश दिनु हो । ती जिल्लाको पर्यटन प्रवद्र्धन गर्नुपनि हाम्रो उद्धेश्य हो । अर्को अहिलेसम्म त्यहाँ नेपाली महिला चढेका छैनन् । नौ जना विदेशी मात्र महिला चढेक रेर्कड छ । कंचनजंघा टे«किङ रुट पनि राम्रो छ ।
त्यसपछि कुन हिमाल चढ्नुहुन्छ ?
यात्रा निरन्तर चलिरहन्छ । अहिले हामी व्यवसायिक रुपमै लागेका छौं । अन्तराष्ट्रिय गाइड पनि बनेका छौं । विशेषत साउथ अमेरिका तिर । यता सिजन नहुँदा उता सिजन हुन्छ । उता नहुँदा यता गर्छौ । चलिरहेको छ । अनि कसैले ट्रेनिङ चाहेमा त्यो पनि दिन्छौं । हाम्रो लक्ष्य हिमाल चढ्ने मात्र नभएर पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य पनि हो ।

अन्त्यमा केही भन्नु छ की ?

माया– परिवार समाज आफ्नै ठाउँमा छ । समाजले दिएका राम्रा कुराहरु अनुशरण गर्दै जाने र नराम्रा कुराहरु वास्ता गर्नुहुँदैन । घरपरिवार महिलाले मात्र सम्हाल्नु पर्छ भन्ने चलन हाम्रो देशमा मात्र बढी छ । अन्य देशमा दुवैजना मिलेर गर्छन् । त्यसैले हामीले पनि श्रीमान श्रीमतीलाई साथिको रुपमा लिएर एकले अर्कोलाई साथ दिनुपर्छ । महिलाहरुले यस धर्तिका लागि आफूले के गर्न सक्छु भनेर अघि बढ्नुपर्छ । आफ्नो अस्तित्व बुझ्नुपर्छ । जुनसुकै काममा पनि अगाडि बढ्नुपर्छ । अर्को कुरा चिया नै बेच्न किन नपरोस् आफू आर्थिकरुपमा शसक्त हुनैपर्छ महिलाले । अर्को कुरा हामीलाई कंचनजंघा चढ्नका लागि आर्थिक तथा भौतिक सहयोग गरिदिनु संसारमा रहनु भएका नेपालीमा अनुरोध गर्दछु ।
दावा–अन्य समुदायका छोरीलाई भन्दा वढी स्वतन्त्रता दिएर हुर्काइन्छ शेर्पा समुदायका छोरीलाई । तर, आफूले देश र समाजका लागि केही गर्छु भनेर अगाडि नबढ्दा सम्म आफ्नो देशप्रतिको कर्तव्य र दायित्व पुूरा हुन्छ भन्ने मलाई लाग्दैन् । कतिको एजुकेशन युजलेश पनि भएको छ । देशको परिस्थितिका कारण हाइलेवलका एजुकेशन प्राप्त गर्ने साथिहरु पनि घरमा थन्किएर बस्नु परेको सम्भावना खोज्नुपर्छ । आफू अगाडि बढेपछि हाम्रा लागि असम्भव केही हुँदैन ।

aarohi6


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य