back
CTIZAN AD

पूर्वी लद्दाख झडप : भारतीय सेनाका एक जवानको ज्यान गयो, केही घाईते

वि.सं.२०७७ भदौ १७ बुधवार

750 

shares

काठमाडौं । पूर्वी लद्दाखमा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपमा भारतीय सेनाका एक जवानको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार झडपमा तिब्बती मुलका एक स्पेशल सैन्य जवानको ज्यान गएको हो । जनाइएअनुसार झडपमा केही अन्य सैन्य जवान पनि घाईते छन् ।

घटना चिनियाँ पक्ष तिर के कति क्षति भएको भन्ने हालसम्म जानकारी आएको छैन् । भारतीय पक्षले चिनियाँ सेना तर्फ पनि केहिको ज्यान गएको दाबी गरेको छ ।

भारतीय सेना र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा २९ र ३० अगस्टको रात हिंस्रक झडप भएको थियो । भारतीय पक्षले जनाएअनुसार ५ सयको संख्यामा रहेका चिनियाँ सेनाले भारतीय सैन्य क्याम्पमाथि कब्जाको कोसिस गरेका थिए । सैन्य क्याम्प कब्जा गर्ने चिनियाँ सेनाको कोसिसमा भारतीय पक्षले पनि जवाफ फर्काएको थियो ।

यसअघि १५ जुनमा लद्दाखको गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा भारतर्फबाट २० सैनिक जवानको ज्यान गएको थियो । उक्त घटनामा चिनियाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि पुष्टी भएको छैन् ।
भारतीय पक्षले उक्त झडपमा ३५ चिनियाँ सैन्यको ज्यान गएको दाबी गर्दै आएको छ ।

भारतीय र चिनियाँ सैनिक बीच पछिल्लो साढे तीन महिनादेखि पूर्वी लद्दाखमा निरन्तर तनाव छ । सीमा क्षेत्रलाई लिएर भएको तनावमा दुई पक्षबीच पटक–पटक वार्ता भएपनि समाधान निस्कन सकेको छैन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार १२:४६ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...