back
CTIZAN AD

तीज आयो र गयो पनि, तर अन्धता र जड्ता उस्तै रह्यो

वि.सं.२०७७ भदौ १७ बुधवार

972 

shares

नेपाली महिलाहरूको महान चाड हरितालिका तिज एवम् ऋषि पञ्चमी भर्खरै सकिएको छ् । अघिल्लो बर्षका तुलनामा यस बर्षको तिजमा कोरोना महामारीका कारण महिला दिदी बहिनिहरुको हर्र्षाेल्लासमा ठूलै असर पर्यो । आर्थिक तथा सामाजिक एवं सांस्कृतिक रुपले हुने खाने महिलाहरु महिनौं दिन अगाडि देखि पार्टी प्यालेसमा भोज गरेर रमाउँथे, नहुने गरिब दिनहिन मजदुर महिलाहरु मजदुरी गरेर भएपनि दर खाने दिन आ–आफ्नो गच्छे अनुसार खान्थे । तर, यसपालीको तिज कोरोनाको कारणले निम्न आर्थिक भएका र मजदुर वर्गको घरमा चुलो सम्म बल्न सकेन र राज्यले त्यता ध्यानै दिएन । यस कोरोना बैश्विक महामारीमा सबैभन्दा आर्थिक संकट मजदुर वर्गमा परेको छ ।

आजको पुस्ताले पनि चाडबाडलाई पहिलेको तुलनामा निकै फरक ढंगले धार्मिक पक्षलाई नै बढी जोड दिएको देखिन्छ, दुई दिन मात्र मनाउने हाम्रो तिजको पुरानो परम्परालाई केहि बर्षयता महिनौं अगाडि देखि मनाउन थालिएको छ । यो सांस्कृतिक विकृति हो, पहिलेको हाम्रो समाज र हाम्रा आमा हजुरआमाहरुको पालामा आत्मनिर्भर थिएन । एक दिन भए नी मिठो मसिनो खान र राम्रो लाउन पाइन्छ भनेर महिनौं अघिदेखि खर्च पर्खेर बस्थे । तर, तर आज हाम्रो पिढी महिनौं अगाडिबाट हाम्रा संस्कृति अँगाल्दै, परम्परालाई विकृतिको रूपमा मनाउन थालेको छ । यस्ता विकृतिको अन्त्य हुन जरुरी छ ।

तीजलाई धर्मको अवसरका रुपमा मानेर दास मनोवृतिलाई नै हामीले प्रश्रय दिइरहनु गल्ती भएको छ । अन्धता र जडता सहित अझै पनि हाम्रो धर्म र संस्कारमा धेरै संकीर्ण कुप्रथाहरु विद्यमान छन् । अब पनि हामीले धर्म र संस्कारको नाममा कति दिन संकीर्ण कुप्रथाहरु बोकि हिडने हो, हामीले हाम्रो आउने पुस्तालाई कस्तो खालको संस्कृति सिकाउँदै छौँ, समिक्षा गर्नैपर्दछ ।

महिला समानताका लागी संस्कृति भनेको प्रकृति हो । श्रममा आधारित संस्कृतिलाई हामीले प्रशिक्षित गर्नुपर्छ । संस्कृतिको परिभाषा भनेको मान्छेको क्षमता हो, संस्कृतिले मान्छेको समग्र क्षमताको बिकास गर्छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । पौराणिक कथानुसार तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर महिला दिदिबहिनीहरु मनोरञ्जन गर्ने गर्छन् । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज, अन्य धर्मका नेपाली महिलाहरूले पनि हर्र्षाेल्लासका साथ मनाउन थालेका छन । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका पनि कुनैकुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस भनेर पहिलो बर्त राखेकी थिइन । त्यो दिन यही हरितालिका तीजको दिन थियो भने मान्यता अनुसार यस्तो भनिन्छ कि, माता सति पार्वतीले आफुले इच्छाएको वरको रूपमा भगवान शिवलाई हरितालिका तिजकै दिन मनोकांक्षा अनुरुप प्राप्त गर्नुभएकोले त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले तीज पर्व मनाउदै आएका छन ।

ऋषि पंचमी पारिवारिक सुख, शान्ति, आरोग्यता, धन धान्य, असल सन्तान, बैभव र विजय प्राप्तिको लागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानेर, नजानेर हुन पुगेका त्रुटी र गरिएका पापकर्म निवारणको लागि यो ब्रत बस्ने चलन चलेर गएको हो । शास्त्रले यो ब्रत स्त्री र पुरुष दुबैले लिनु पर्ने बताएको भएता पनि नेपाली समाजमा महिलाले मात्र यो ब्रत लिने गरेको देखिन्छ ।

यस दिन ब्रतालुहरु कुनै पवित्र नदी नाला, तलाउ वा घरमै गंगाजल मिश्रित पानीले नुहाएर घरको कुनै सफा ठाउँमा गाईको गोबरले लिपेर तामाको पूर्ण कलश अष्टजलमा स्थापना गरी सप्त ऋषिहरुको प्रतिमालाई पंचामृत स्नान गराएर सेता बस्त्र, सेता फूल, अक्षता, दूध, दहि, घ्यू, मह, चिनी, नैबेध, जनै, आठवटा पान सुपारी जस्ता सामाग्रीहरु तयार पारी गर्ने गरिन्छ ।

हामी राजनीतिकर्मी महिलाहरुले आ–आफ्नो पार्टी भन्दा माथी उठेर महिला हकहितका लागि एकताबद्ध भएर लडौं र तिजपर्वलाई हामी महिलाहरुले सकारात्मक रूपमा लिएर एउटा सचेतन विद्रोहको अवसरमा रुपान्तरण गराऔँ ।

तीजलाई धर्मको अवसरका रुपमा मानेर दास मनोवृतिलाई नै हामीले प्रश्रय दिइरहनु गल्ती भएको छ । अन्धता र जडता सहित अझै पनि हाम्रो धर्म र संस्कारमा धेरै संकीर्ण कुप्रथाहरु विद्यमान छन् । अब पनि हामीले धर्म र संस्कारको नाममा कति दिन संकीर्ण कुप्रथाहरु बोकि हिडने हो, हामीले हाम्रो आउने पुस्तालाई कस्तो खालको संस्कृति सिकाउँदै छौँ, समिक्षा गर्नैपर्दछ । हजारौं बर्ष देखी महिलाहरुलाई यसखाले सामन्ती तथा पुँजिवदी ब्यवस्थाले उत्पीडन गरेको चुनौतीपूर्ण गाह्रो पिडा लाई समेत अनुभुति गर्न सकेका छैनौं । नेपालको आधा भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुको अवस्था आज पनि दयनीय छ् । राजनीतिक आन्दोलनमा महिलाहरुले अग्रमोर्चामा आन्दोलनको नेतृत्व गर्दै आएका छ्न । महिला मुक्ति आन्दोलनले समानता र अधिकारका कुरा उठाउदै आएपनि महिला भएर जन्मनुको आधारमा सदियौं देखी भेदभावपूर्ण जीवन जिउनु परेको यथार्थलाई चिर्न नसकिएका कारण उत्पन्न समस्या विद्यमान नै छन ।

पितृसत्तात्मक सोच र पुरुषहरूको अहंकारपुर्ण व्यवहारका कारण आज पनि महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दैछ् र महिला माथीको अमानवीय व्यवहार कायमै छ् । त्यसैले हामी राजनीतिकर्र्मी महिलाहरुले आ–आफ्नो पार्टी भन्दा माथी उठेर महिला हकहितका लागि एकताबद्ध भएर लडौं र तिजपर्वलाई हामी महिलाहरुले सकारात्मक रूपमा लिएर एउटा सचेतन विद्रोहको अवसरमा रुपान्तरण गराऔँ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १३:१२ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...