back
CTIZAN AD

३४९० मै पिसिआर परीक्षण हुँदै

वि.सं.२०७७ भदौ १७ बुधवार

1K 

shares

१७ भदौँ, काठमाडौँ । नेपाल टेलिकमले आफ्ना कर्मचारीहरुलाई कोरोना भाइरस(कोभिड– १९) को पिसिआर परीक्षण ३४ सय ९० मै गर्ने भएको छ ।

टेलिकमले आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले पीसीआर परीक्षणको लागि दुई स्वास्थ्य संस्था स्वीकृत गरेको र एक हप्ता भित्रै सम्झौता हुने टेलिकमका सह प्रवक्ता रन्जित लोहियाले संसारन्युजसंग बताएका छन ।

टेलिकमले कोरोनाको पीसीआर परीक्षणको लागि काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लाहरुका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गरेको थियो । जसअनुसार कम्पनीले काठमाडौं उपत्यकामा बि एण्ड बि अस्पताल र काठमाडौं उपत्यका बाहिरको लागि बिध म्यानेजमेन्ट प्रालि छनौट गरेको सहप्रवक्ता लोहियाले बताए ।

मंगलबारको गोरखापत्रमा बिएण्ड बिसँग ३७ लाख ८६ हजार ६५० रुपैयाँ र बिध म्यानेजमेन्ट प्रालिले ४३ लाख ५ हजार रुपैयाँमा टेण्डर पारेको सूचना टेलिकमले सार्वजनिक गरेको छ ।

काठमाडौ भित्र बि एण्ड बि अस्पतालले प्रति व्यक्ति ३ हजार ४ सय ९० रुपैयाँमा पिसिआर परीक्षण गर्ने भएको छ भने काठमाडौँ बाहिर बिध म्यानेजमेन्टले ४ हजार २०० रुपैयाँमा गर्ने भएको छ । यी संस्थाहरुले टेलिकमको कार्यालयमा नै गएर पिसिआर परीक्षण गर्ने बताईएको छ ।

सरकारले ३ दिन अघि पीसीआर परीक्षण दर घटाएर ४ हजार ४०० तोकेको छ । टेलिकमले टेण्डरबाट सरकारी दर भन्दा सस्तोमा परीक्षण गर्न लागेको हो । मर्मत तथा फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखि सबै कर्मचारीको क्रमशः परीक्षण गरिने बताइएको छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १४:३१ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...