back
CTIZAN AD

भारत–चीन तनाव चरमतामा, चीन, नेपाल र भुटानको सीमा क्षेत्रमा रहने सुरक्षाकर्मीलाई अलर्ट जारी

वि.सं.२०७७ भदौ १७ बुधवार

783 

shares

काठमाडौं । पूर्वी लद्दाखमा फेरि हिंस्रक झडप भएसँगै भारत–चीन तनाव चरमतातिर पुगेको छ ।

निरन्तर जारी तनाबका बीच भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना सेनालाई ‘हाई अलटर्’मा रहन निर्देशन जारी गरेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार बुधबार भारतको गृह मन्त्रायलयले भारत–चीन, भारत–नेपाल र भारत–भुटान सीमामा रहने सुरक्षाकर्मीलाई उच्च अलर्टमा रहन निर्देश गरेको हो ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारतको गृहमन्त्रायले इण्डो तिब्बत बोर्डर पुलिस (आइटिबिपी) र सशस्त्र सीमा बल (एसएसबी)लाई अलर्ट जारी गरेको हो । भारतका उत्तरी प्रदेशहरु उत्तराखण्ड, अरुणाञ्चल, हिमाञ्चल, लद्दाख र सिक्किम क्षेत्रको सीमामा आइटिबिपीलाई उच्च अलर्टमा रहन निर्देश गरिएको छ ।

मंगलबार केन्द्रीय गृह मन्त्रालयमा बोर्डर म्यानेजमेन्टका अधिकारी र सीमा सुरक्षा बल (आइटिबिपी र एसएसबी)का अधिकारीबीच आकस्मिक बैठक बसेको थियो । जनाइएअनुसार उक्त बैठकले नै सीमा क्षेत्रमा अलर्ट जारी गर्ने निर्णय गरेको थियो ।

कालापानी क्षेत्रमा थप सुरक्षाकर्मी पठाईँदै

भारत–चीन तनाव बढिरहेका बेला भारतीय पक्षले नेपाल–भारत सीमामा पनि उच्च अलर्ट रहन निर्देश गरेको छ । भारत–चीन तनावकै बीच नेपालको कालापानी क्षेत्रमा भारतीय पक्षले सीमा सुरक्षा बल र इण्डो तिब्बत बोर्डर पुलिसलाई पनि सक्रिय रहन निर्देश गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कालापानी क्षेत्रमा थप एसएसबीको कम्पनीलाई पठाइएको भारतीय सञ्चार माध्यमको रिपोर्टमा उल्लेख छ । जम्मू–कश्मीर र दिल्ली क्षेत्रमा रहेका एसएसपीको केहि कम्पनीलाई कालापानी क्षेत्रमा पठाइएको कुरा सञ्चार माध्यमले जनाएका छन् ।

दुई दिनसम्म पूर्वी लद्दाखमा हिंस्रक झडप

भारतीय सेना र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा २९ र ३० अगस्टको रात हिंस्रक झडप भएको थियो । भारतीय पक्षले झडपमा परी हालसम्म आफ्ना एक जवानको ज्यान गएको पुष्टी गरेको छ । झडपमा दर्जनौं घाईते भएको जनाइएको छ । झडपमा चीनतर्फ के–कति क्षति भयो भन्ने बारे स्पष्ट भएको छ ।

भारतीय पक्षले जनाएअनुसार ५ सयको संख्यामा रहेका चिनियाँ सेनाले भारतीय सैन्य क्याम्पमाथि कब्जाको कोसिस गरेका थिए । सैन्य क्याम्प कब्जा गर्ने चिनियाँ सेनाको कोसिसमा भारतीय पक्षले पनि जवाफ फर्काएको थियो ।

जुन १५ मा पनि हिंस्रक झडप

यसअघि १५ जुनमा लद्दाखको गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा भारतर्फबाट २० सैनिक जवानको ज्यान गएको थियो । उक्त घटनामा चिनियाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि पुष्टी भएको छैन् ।

भारतीय पक्षले उक्त झडपमा ३५ चिनियाँ सैन्यको ज्यान गएको दाबी गर्दै आएको छ ।

भारतीय र चिनियाँ सैनिक बीच पछिल्लो साढे तीन महिनादेखि पूर्वी लद्दाखमा निरन्तर तनाव छ । सीमा क्षेत्रलाई लिएर भएको तनावमा दुई पक्षबीच पटक–पटक वार्ता भएपनि समाधान निस्कन सकेको छैन् ।

सम्बन्धित समाचार

पूर्वी लद्दाख झडप : भारतीय सेनाका एक जवानको ज्यान गयो, केही घाईते

वि.सं.२०७७ भदौ १७ बुधवार १३:३५ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...