back
CTIZAN AD

मन्त्री खतिवडाले आजै राजीनामा दिने

वि.सं.२०७७ भदौ १९ शुक्रवार

705 

shares

१९ भदौ,काठमाडौँ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) साँझ नै राजीनामा दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले सो कुराको जानकारी गराएका हुन् । उनले आफ्नो कार्यकालको समीक्षासहित राजीनामा दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय गरेको थियो । डा खतिवडाको अर्थमन्त्री पद शनिबारदेखि सकिदै थियो, उक्त रिक्त पदमा गौतमलाई लाने तयारी भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो अवस्थामा पनि सरकारमा बसेर काम गरेको भन्दै मन्त्री खतिवडालाई धन्यबाद दिएका थिए । डा.खतिवडाले आजै मन्त्री क्वाटर पनि छाड्ने तयारी गरेको स्रोतले बताएको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १५:२३ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...