back
CTIZAN AD

पहिलो टि-२० इंल्याण्ड २ रनले विजयी

वि.सं.२०७७ भदौ २० शनिवार

669 

shares

२० भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको पहिलो टि-२० मा इंल्याण्ड २ रनले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । इंल्याण्डका लागि डेविड मलानले ४३ बलमा ६६ रनको विस्फोट पारी खेलेका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा ग्लेन म्याक्सवेल, केन रिचर्डसन, एस्टन एघारले २-२ विकेट लिएका थिए ।

इंल्याडले दिएको १६३ रनको लक्ष्य अष्ट्रेलियाले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा डेविड वार्नरले सर्वाधिक ५८ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने जोफ्रा आर्चर र आदिल रासिदले २-२ विकेट निकालेका थिए ।

पहिलो टि-२० मा जितसँगै इंल्याण्डले ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ भदौ २० शनिवार ०९:३४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...