२० भदौँ, काठमाडौँ । आईपिएल अघि चेन्नाई सुपर किंग्सलाई अर्को ठुलो झट्का लागेको छ । हरभजन सिंहले व्यत्तिगत कारण गर्दा आईपिएलबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन । उनले ट्वीटरमा ट्वीट गदैँ आफुले यस वर्षको आईपिएल नखेल्ने जानकारी दिएका हुन । हरभजन सिंह चेन्नाई सुपर किंग्सका एक महत्वपुर्ण खेलाडी थिए ।
Stay strong Pulavarey, will miss you in yellove! ? https://t.co/gk3M6pe1Sr
— Chennai Super Kings (@ChennaiIPL) September 4, 2020
यस अघि पनि चेन्नाई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनाले पनि व्यत्तिगत कारण देखाउदैँ आईपिएलबाट बाहिरिसकेका छन । चेन्नाईले यी दुई खेलाडीको स्थानमा अहिलेसम्म अरु कुनै खेलाडीहरु टिममा भित्राएको छैन ।
वि.सं.२०७७ भदौ २० शनिवार ११:०४ मा प्रकाशित

























