२३ भदौ, काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि एनआइसीयु सेवा बन्द गरिएको छ ।
एनआइसीयु सेवा अन्तर्गत कार्यरत ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उक्त सेवा अन्तर्गतका युनिटमा निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि उक्त सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १९:४८ मा प्रकाशित






























