२३ भदौ, विराटनगर । प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा डिआइजी कार्कीलाई कोरोना पोजेटिभ देखिएको हो ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वाथ्य निरीक्षक राजेन्द्र कुइकेलका अनुसार डिआइजी कार्की सहित ५ जनाको स्वाब परीक्षण गर्दा परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ भने कार्कीको रिपोट पोजेटिभ आएको हो ।
प्रदेश १ मा ३ सय ५५ प्रहरी संक्रमित भएका छन् भने २ सय २० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
वि.सं.२०७७ भदौ २३ मंगलवार २०:०८ मा प्रकाशित






























