back
CTIZAN AD

उपत्यका छिर्ने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने उपत्यका मेयर फोरमको निर्णय

वि.सं.२०७७ भदौ २३ मंगलवार

741 

shares

काठमाडौं, २३ भदौ । काठमाडौं उपत्यकाका नगरपालिका मेयर फोरमले उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निर्णय गरेको छ ।

काठमाण्डौं उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले बैठकपछि पत्रकार सम्मेलन गर्दै उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको जनाएको छ । ।

फोरमले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई भदौ १५ गते सम्म कायम गर्न र नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने निर्णय पनि गरेको फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्ष पनि निकालेको छ भने नीजि सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने जनाएको छ ।

त्यस्तै सरकारको विरोध र समर्थनमा र्याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय पनि बैठकले गरेको मेयर श्रेष्ठले बताए ।

फोरमले बिहीवारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

फाइल तस्विर

वि.सं.२०७७ भदौ २३ मंगलवार २०:३७ मा प्रकाशित

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...