back
CTIZAN AD

अलैँची भट्टीबारे विज्ञ र व्यवसायीकै मत बाझाबाझ

वि.सं.२०७७ भदौ २४ बुधवार

858 

shares

२४ भदौ, इलाम । अलैँचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैँची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैँ तर्कबाजी र बहस चल्छ । कसैले गुणस्तरको नाममा त कसैले खर्चको नाममा तर्कबाजी गर्ने विषय भएको छ अलैँचीको भट्टी । यहाँ एक किसिमको भट्टीलाई उत्तम र अरूलाई ‘बेकामे’भन्ने चलन सधैँ चलिरहन्छ ।

पाँच वर्षअघि आधुनिक भट्टीभन्दै विभिन्न सङ्घ÷संस्थामार्फत विदेशी भट्टी गाउँ पु¥याइयो । तिनै भट्टीलाई गुणस्तरीयको नाम दिँदै किसानलाई भिराइयो पनि । अन्ततः गुणस्तरहीन भट्टी भन्दै किसान पराम्परागत भट्टीमै फर्किए । अहिले ती भट्टीलाई खुलेरै कृषि विज्ञ र अलैँची व्यवसायी ‘कमिसनको नाममा भिराइएको’ भन्न हिच्किचाउँदैनन् तर अहिले सुधारिएको भट्टी भन्दै नयाँ किसिमका भट्टी पहिले जस्तै गाउँ पु¥याइएका छन् । यस्ता भट्टीको वितरणमा व्यवसायी र विज्ञले मात्र होइन, सरकारी कार्यालय कृषि ज्ञान समेत लागेको छ ।

सुधिरिएको नाममा ल्याइएका यस्ता भट्टी पनि आलोचनाबाट मुक्त छैनन् । यसबारे विज्ञ र व्यवसायीकै तर्क फरक छ । व्यवसायी÷व्यवसायीकै धारणा मिल्दैन । सुधारिएको भट्टी भनिए पनि अन्तर्राष्ट्रिय बजारमा पराम्परागत भट्टीकै अलैँची गुणस्तरीय हुने बताउँछन्, अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई । उनका अनुसार परम्परात भट्टी बाहेकका अन्य भट्टीबाट उत्पादित अलैँची अहिले अन्तर्राष्ट्रिय बजारमा कम गुणस्तरीय छन् । आधुनिक वा सुधारिएको भट्टीको अलैँचीको भित्री भाग नपाकेको र लामो समय नटिक्ने भएकाले यस्ता भट्टीको औचित्यै नभएको भट्टराईको भनाइ छ । “सरकारी कार्यालयबाट आएको पैसा भट्टीमा लगाइएको मात्रै हो”, भट्टराई भन्न्छन्, “हाम्रा लागि परम्परागत भट्टी नै उपयुक्त छन् ।” सुधारिएको नाममा आएका भट्टीको अलैँची छिट्टो कुहिँने वा कीरा लाग्ने हुन्छ भने पराम्परातगत भट्टीको अलैँची लामो समय टिक्ने भट्टराईको दावी छ । उनी भन्छन्, “अलैँचीको भित्री भाग पराम्परागत बाहेकका अन्य भट्टीमा पाक्दैन र त्यहाँ भएको गुलियो तरल पदार्थ सुक्दैन । त्यसैले आधुनिक भट्टीको काम छैन ।” आधुनिक वा सुधारिएको भट्टी र पराम्परागत भट्टी बीचको ‘रोइलो’ नयाँ भने होइन तर, यसबारे मत नमिल्नु चाहिँ अचम्म लाग्दो छ ।

पराम्परागत भट्टी किसान आफैले निर्माण गर्ने भएकाले कम लागतका हुन्छन् । वर्षौदेखि प्रयोग गरेकाले किसानले उपयुक्त ठानेर भट्टी प्रयोग गर्दै आएका छन् तर अलैँची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष निर्मल भट्टराई भने पराम्परागत भट्टीमा धुँवा (स्मोक) हुने भएकाले सुधारिएको भट्टी प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । आधुनिक भट्टीका नाममा विगतमा ल्याइएका भट्टी कम गुणस्तरीय भए पनि अहिलेको सुधारिएको भट्टी गुणस्तरीय भएको भट्टराईको तर्क छ । “पराम्परागत भट्टीभन्दा सुधारिएको भट्टीमा अलैँची सुकाउनुपर्छ”, भट्टराई भन्छन् “हामीले अन्तर्राष्ट्रिय बजारमा धुँवा होइन, सुगन्ध बेच्ने हो । जुन वस्तु सुधारिएको भट्टीमा मात्र हुन्छ ।” भट्टराई मात्र होइन, अलैँची व्यवसायी महासङ्घ पूर्ववरिष्ठ उपाध्यक्ष दीपक नेपाल पनि सुधारिएको भट्टीकै अलैँची उपयुक्त हुने बताउछन् । बाहिरी देशमा सुधारिएको भट्टी प्रयोगमा आएकाले पराम्परागत भट्टी प्रयोग रोक्नु पर्ने नेपालको भनाइ छ ।

सरकारी पक्षबाट तालीम र दक्षशक्ति बढाउने कार्यक्रम नभएकाले सुधारिएको भट्टीको अलैँची कम गुणस्तरीय भएको अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष नेपालको तर्क छ । “अब हामीले परम्परागत भट्टीमा अलैँची सुकाएर विश्ववजारमा बिक्दैन । बजारमा माग नै सुधारिएको भट्टीको अलैँचीको छ”, नेपालले भने,“हामीसँग यसका लागि दक्ष जनशक्ति नभएकाले पनि कम गुणस्तरीय अलैंची उत्पादन हुँदै छ । यसमा सम्बन्धित पक्षले ध्यान पु¥याउनुपर्छ ।”

किसानले अलैँचको वर्षौदेखि उत्पादन गरेर आम्दानी लिदैँ आएका छन् । खेती प्रविधि आधुनिक हुन नसकेको कारण पनि अलैँची गुणस्तरीय हुन नसकेको हो तर विज्ञ र व्यवसायीको ध्यान भने प्रविधिमा नभइ भट्टीमै मात्र पुगेको देखिन्छ । नेपालमा उत्पादन हुने ठूलो परिमाण अलैँची व्यवसायीमार्फत भारत जान्छ तर तिनै व्यवसायीको पनि अभिव्यक्ति हाँस्यस्पद जस्तो लाग्छ । रासस

वि.सं.२०७७ भदौ २४ बुधवार १५:५१ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...