२५ भदाै, काठमाडौं । धितोपत्र बजार ५ बजेसम्म खुल्लै रहने भएको छ । साताको अन्तिम दिन कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएपछि नेप्सेले कारोबार स्थगित गरेको थियो । समस्या देखिएपछि स्थगित भएको कारोबार अपरान्ह २.१५ मा सुचारु भएको छ ।
स्टक मार्केटमा बारम्बार समस्या देखिन थालेपछि लगानीकर्ताहरु भने हैरान भएका छन् । केहि समय अगाडी पनि यस्तै समस्या देखिएर करोबार रोकिएकाे थियो ।
वि.सं.२०७७ भदौ २५ बिहीवार १५:२१ मा प्रकाशित


























