२५ भदौँ, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड नाघेको छ । बुधबार विश्वभरमा २ लाख ७० हजार ११ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।
यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड १ लाख १७ हजार ५ सय ९२ पुगेको छ ।
त्यसैगरी बुधबार नै विश्वभरमा २ लाख ८६ हजार ५ सय ३१ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट ६ हजार २ सय २७ को जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ कारोड ८० लाख ५० हजार २ सय ८ रहेको छ भने संक्रमणबाट ९ लाख ८ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । ।
अहिले पनि विश्वभरमा ७० लाख २४ हजार १ सय ८२ जना कोरोना संक्रमित अवस्थामै रहेका छन ।
वि.सं.२०७७ भदौ २५ बिहीवार १५:१३ मा प्रकाशित





























