back
CTIZAN AD

ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

वि.सं.२०७७ भदौ २६ शुक्रवार

804 

shares

काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ ।

विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने बताएको हो ।

आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको दुई वर्षसम्म लाइसेन्स नपाउने समस्या भोग्नुपर्ने अवस्था थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताएका छन् । उनले भने ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।’

उनका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको विभागले बताएको छ । जसअन्तर्गत वैदेशिक रोजगारी जाने र अन्य कारणले गर्दा अब पाँच लाख लाइसेन्स मात्र स्मार्ट बनाउन बाँकी रहेको छ । ती लाइसेन्सलाई पनि स्मार्ट बनाउने प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

विभागले केही समयअगाडि खरिद गरेको मास प्रिन्टरले दैनिक करिब सात हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०९:१६ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...