back
CTIZAN AD

लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा विशाल आगलागी

वि.सं.२०७७ भदौ २६ शुक्रवार

744 

shares

भदौँ २६ । लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा बिहीबार विशाल आगलागी भएको एलबीसीआई नामक स्थानीयस टेलिभिजन च्यानलले जनाएको छ ।

लेबनानी सेनाले एउटा भण्डारगृहमा ‘वेल्डिङ’ गर्ने क्रममा नजिकै रहेको भण्डार गरिएको तेल र टायरमा सल्किँदा आगलागी भएको बताएको छ ।

स्थानीय स्वयम्सेवक र सुरक्षाकर्मीहरूले आगो निभाउन जुटेका छन् भने उक्त स्थानबाट सयौँको सङ्ख्यामा स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

बेरूतमा शक्तिशाली विस्फोट भएको करिब एक महिनापछि उक्त आगलागी भएकोले स्थानीय वासिन्दा त्रसित देखिएका छन् ।

लेबनानीहरूले ‘ह्वाट्स एप’ लगायतका सामाजिक सञ्जालमार्फत् धुवाँको कालो मुस्लोसहितका भिडियोहरू सार्वजनिक गरेका छन् ।

बेरूतको बन्दरगाहमा यसै वर्षको अगस्ट ४ मा दुई ठूला विस्फोटहरू हुँदा कम्तीमा १९० जनाको मृत्यु भएको थियो भने त्यस शहरको ठूलो भाग प्रभावित भएको थियो । विस्फोटमा करिब छ हजार मानिस घाइते भएका थिए भने हजारौँको सङ्ख्यामा विस्थापित भएका थिए ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०९:१६ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...