back
CTIZAN AD

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सूदुरपश्चिम प्रदेशमा कुमारी बैंकको सचेतनामूलक र्याली

वि.सं.२०७७ भदौ २७ शनिवार

843 

shares

२७ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्यक्रम महेन्द्रनगर वजारमा सन्चलन गरिएको बैंकद्वारा जारि गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

उक्त कार्यक्रममा बैंकका कंचनपुर, झलारी तथा चादनी दोधारा शाखाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजेदेखि सुरु भएको सचेतना मूलक र्याली चम्मन चौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १, २, ३, ४, र ५ नं. गल्ली परिक्रमा गरी पूनःबैकको प्रादेशिक कार्यालयमा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गर्दै मास्क नलगाई हिडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान ह्यान्ड स्यानिटाईजर बितरण गरेको थियो । कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, स्यानिटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि पुर्व साबधानिको सन्देश दिईएको थियो ।

सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी भएको साथै आगामी दिनमा पनि सचेतना मुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराएका थिए ।

कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेका छन् भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग सेवा र १०८ ए.टि.एम. संचालनमा रहेका छन् । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदै आएको जनाएको छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार २२:४३ मा प्रकाशित

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...