back
CTIZAN AD

बैंक अफ काठमाण्डूले ल्यायो सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजना

वि.सं.२०७७ भदौ २८ आइतवार

1.1K 

shares

२८ भदौ, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सरल किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपाली हिन्दुहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफूलाई आवश्यक सिजी, एलजी, गोद्रेज, टिसिएल, सेन्साई, इल्का, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बै.ले जनाएको छ ।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले ती कम्पनीका घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसि, माईक्रो वेभ, भ्याकुम क्लिनर, डिस वासर, स्टाईलर, वाटर प्रुफ सिस्टम, चिम्नी एण्ड किचन एप्लाएन्स किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकहरुलाई कुनै पनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र सिजी डिजीटल प्रा.ली. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकहरुलाई यो सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।

सिजी सोरुमहरु :
कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर

एलजी सोरुमहरु :
मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर

यो इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाका बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकहरुले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्ने बैकद्वारा अाइतबार जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०७७ भदौ २८ आइतवार १६:४१ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...