back
CTIZAN AD

भद्रगोल तथ्यांकलाई व्यवस्थित गर्ने तयारीमा बीमा समिति, तथ्यांक व्यवस्थित गर्न कति छ चुनौती ?

वि.सं.२०७७ भदौ २९ सोमवार

897 

shares

काठमाडौं । बीमा समितिले व्यवस्थित तथ्याङ्क प्रणालीको अभ्यास गर्न थालेको छ । बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको बीमा समितिको बिगतको तथ्याङ्क प्रणाली भने अस्तब्यस्त रहेको थियो ।

नेपालमा हाल ४० वटा बीमा कम्पनीहरु संचालमा छन् । तिनीहरुमध्ये १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पूनर्बीमा कम्पनीले आफ्नो सेवा प्रबाह गरिरहेका छन् । तिनै बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको तथ्याङ्क प्रणाली भने अस्तव्यस्त जस्तै थियो । अबका केहि महिनामा भने बिमा क्षेत्रका चाहेका तथ्याङ्क सहजै पाईने गरि तयार भईरहेको बीमा समितिले जनाएको छ ।

“बीमा क्षेत्रको तथ्याङ्क व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने काम भैरहेको छ”, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले भने, “अबको ५/६ महिनाभित्रमा चाहेको तथ्याङ्क भेटिने गरि व्यवस्थित गर्ने तयारी भैरहेको छ ।”

उसो त बीमा समिति जस्तै नेपाल राष्ट्र बैंक पनि बैंक तथा बित्तिय संस्थाहरुको नियामक निकाय हो । उसको मातहतमा रहेका बैंक तथा बित्तिय संस्थाहरुले मासिक तथा त्रैमासिक रुपमा ब्याजदर तथा अन्यआर्थिक रिपोर्टहरु सार्बजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था छ भने त्यसको प्रति राष्ट्र बैंकमा पनि पठाउनु पर्ने अबस्था छ । त्यसकै आधारमा राष्ट्र बैंकले विभिन्न समयमा तथ्याङ्कहरु प्रकाशित गर्ने गर्दछ । त्यसो गर्नका लागि त्यहाँको व्यवस्थापन प्रणाली पनि चुस्त छ ।

त्यस्तै धितोपत्र बोर्डको पनि व्यवस्थापन प्रणाली चुस्त हुँदा त्यहाँबाट जोसूकैले चाहेको तथ्याङ्क सहजै प्राप्त गर्न सकिने अवस्था छ । तर बीमा समितिमा चाहेको तथ्याङ्क चाहेको समयमा भेटिदैन । यो कुरा स्वयं चापागाई पनि स्विकार्छन । उनी भन्छन्, “हामीमा समस्या छ त्यो चाँडै हल हुने प्रकृयामा पनि छ ।”

बीमा समितिले पनि राष्ट्र बैंकले झैं बीमा कम्पनीहरुलाई आर्थिक तथ्याङ्कहरु मासिक वा त्रैमासिक रुपमा प्रकासित गर्न भनेको छ । तर व्यवस्थित तथ्याङ्क प्रणाली नहुँदा त्यति उपयोगी भने हुन सकेको छैन ।

उसो त व्यवस्थिति तथ्यांकीय प्रणालीको अभावमा बीमा समितिलाई नै सास्ती छ । व्यवस्थित प्रणालीको अभावमा समितिले पनि सहि तथ्यांक आवश्यक परेको बेलामा भेटाउँदैन ।

तथ्यांक व्यवस्थित नहुँदा बीमा समितिलाई नै सास्ती छ

व्यवस्थापन प्रणाली चुस्तन नहुँदा स्वयं बीमा समितिका कर्मचारी समेत दिक्दार छन् । समितिका एक कर्मचारीले भने “बीमा कम्पनीहरुको गतबर्षको तथ्याङ्कलाई कम्पाइल गर्ने काम भै रहेको छ । अघिल्ला बर्षहरुको तथ्याङ्क भने व्यवस्थित नहुँदा तुलनात्मक तथ्याङ्कहरु अध्याबधि गर्न समस्या भैरहेको छ ।”

उसो त व्यवस्थिति तथ्यांकीय प्रणालीको अभावमा बीमा समितिलाई नै सास्ती छ । व्यवस्थित प्रणालीको अभावमा समितिले पनि सहि तथ्यांक आवश्यक परेको बेलामा भेटाउँदैन ।

“हामी आफैले पनि बीमा कम्पनीहरुबाट तथ्याङ्क संकलन गर्नुपर्दा फोन गरेर माग्नु पर्ने अवस्था छ” अध्यक्ष चापागाईंले भने, “त्यो पनि भनेको बेलामा पाईदैन, यो तथ्याङ्क प्रणाली व्यवस्थित नहुँदाको समस्या हो ।”

चापागाई आफैं पनि नेपाल राष्ट्र बैंकबाट बीमा समितिमा आएका हुन् । ४ बर्षअघि तत्कालिन सरकारले उनलाई बीमा समितिको अध्यक्ष नियुक्त गरेको थियो । यो बिचमाधेरै समस्याका वापजुद बीमा समितिलाई चुरुस्त राख्न प्रयास गरेको उनको भनाई छ ।

ढिलै भए पनि बीमा समितिले आफूलाई चुस्त राख्नु सह्राहनीय बिषय हो र आफ्नो कार्यकालको अन्तिमतिर आईपुग्दा बीमा क्षेत्रमा केहि सुधार गरेर बाहिरिने मौका पनि अध्यक्ष चापागाई र उनको टिमलाई आएको छ ।

तथ्याङ्क व्यवस्थित गर्न कति चुनौती ?

प्रविधिको प्रयोगलाई सहि तरिकाले समयानुकुल प्रयोग गर्ने हो भने तथ्याङ्क व्यवस्थित गर्न खासै चुनौती हुँदैन । तर बीमा कम्पनीहरु त्यति प्रबिधिमैत्री नभएको गुनासो व्यप्त छ । अर्को तर्फ प्रबिधिको प्रयोग नगरिकन प्रणाली पनि व्यवस्थित हुँदैन । त्यसका लागि वातावरण र त्यसको प्रयोगकर्ताहरु पनि प्रबिधि मैत्री नै हुन आबस्यक छ ।

बीमा समितिका अनुसार बीमा कम्पनीहरुले बिद्यमान संरचनामा नै मेल खाने खालका तथ्याङ्कहरु समेत उपलब्ध नगराउँदा नै सबैभन्दा बढी समस्या आएको देखिन्छ । यतिसम्मकी कतिपय बीमा कम्पनीहरुले अनिबार्य रुपमा सार्बजनिक गर्नु पर्ने त्रैमासिक तथा बार्षिक बित्तिय विबरण आफ्नै वेव साईटमा समेत राखेको पाईंदैन । त्यति मात्र होईन राम्रो भबिष्य बोकेको बीमा क्षेत्र आफ्ना दिनानु दिनहुने गतिबिधिहरुलाई नियामक निकायमा केन्द्रित गर्न नचाहँदा पनि समस्या देखिन्छ । भलै पछिल्लो समयमा भने बीमा कम्पनीहरुका छाता संगठनहरु मार्फत केहि तथ्याङ्कहरु सार्बजनिक हुने गरेका छ तर त्यो मात्रै पर्याप्त छैन ।

वि.सं.२०७७ भदौ २९ सोमवार १६:१० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...