back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २९ सोमवार

705 

shares

२९ भदौं, काठमाण्डौं । नेपालमा सोमबार ( २९ भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ५१ हजार ४०५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,८७८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५,३९३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,११८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,२७५ रहेको छ भने देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या संख्या ६,८९२ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७९ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ९, बागमती प्रदेशमा १२९, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २०, कर्णाली प्रदेशमा १० जना गरी जम्मा १७९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २६ जना, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौं भक्तपुर चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका ११७० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । साथै आज ८७९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

आज १५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ५१२ सहित ११७० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ५१२ जनासहित देशैभरी ११७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओलढुंगामा १९, झापामा ७, भोजपुरमा २, मोरङमा ३२ र सुनसरीमा ४६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६, पर्सामा ९, बारामा १२, महोत्तरीमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिराहामा ३४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४४०, काभ्रेपलान्चोकमा १८, चितवनमा ३१, दोलखामा १, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ४३, मकवानपुरमा १४, रामेछापमा १, ललितपुरमा २९ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा १०, तनहुँमा १७, नवलपरासीपुर्वमा २, लमजुङमा ४, बागलुङमा २ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ६, अर्घाखाँचीमा १, गुल्मीमा २, दाङमा ४५, नवलपरासीमा ७, पाल्पामा ७, बाँकेमा २४, रुपन्देहीमा ८१ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा २, कालिकोटमा १, दैलेखमा ७, सल्यानमा २ र सुर्खेतमा ३९ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कन्चनपुरमा ३, कैलालीमा ७०, डडेल्धुरामा १, डोटीमा ८ र बझाङमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी ११७० जना संक्रमित थपिएका छन् । जसमा महिला ३९९ र पुरुष ७७१ जना रहेका छन् ।

आज थपिएका ११७० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

आज ८७९ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३९,५७६ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाड ८७९ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८७९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३८८५, प्रदेश २ मा ११०५६, बागमती प्रदेशमा ७,८१९, गण्डकी प्रदेशमा २२७० प्रदेश नं ५ मा ६,५००, कर्णाली प्रदेशमा २५२५ र सुदूरपश्चिम प्रदेशमा ५९२१ जना गरी हालसम्म जम्मा ३९ हजार ५७६ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९०५, प्रदेश २ मा ४३०, बागमती प्रदेशमा ४९४, गण्डकी प्रदेशमा ५६१, प्रदेश नं ५ मा १८०७, कर्णाली प्रदेशमा ७०४ र सुदूरपश्चिम प्रदेशमा १९९१ जना गरी जम्मा ६,८९२ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ३३७, प्रदेश २ मा ९३३, बागमती प्रदेशमा ४१००, गण्डकी प्रदेशमा ८१४, प्रदेश नं ५ मा १२५२, कर्णाली प्रदेशमा २७८ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना गरी हालसम्म जम्मा ८,११८ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १,११७ प्रदेश २ मा १०५४, बागमती प्रदेशमा ३८०७, गण्डकी प्रदेशमा १८२, प्रदेश नं ५ मा ७७८, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २४३ जना गरी ७,२७५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका ८ सहित १५ जनाको मृत्यु
नेपालमा आज कोरोना संक्रमणबाट उपत्यकामा ८ सहित १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ जिल्लाका १५ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षीया र कपिलवस्तुकी ४७ वर्षीया गरी ५ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी मोरङका ४० र ७० वर्षीय, काठमाडौंका ७७ ६२,७३,८५,७० वर्षीय ५ पुरुष र ललितपुरका ५५ वर्षीय, भक्तपुरका ७३ वर्षीय र रामेछापका १ जना गरी १० पुरुषको मृत्यु भएको हो ।

आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार १८:३१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...