back
CTIZAN AD

५९४ जनालाई मानपदवी, अलंकार र पदक

वि.सं.२०७७ असोज ३ शनिवार

1.1K 

shares

३ असोज, काठमाडौँ । संविधान दिवसको अवसरमा ५९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकद्वारा विभूषित गरिएको छ ।

यसरी पदक तथा सम्मान पाउनेमा राष्ट्रसेवक कर्मचारीकौ संख्या ठूलो छ भने थोरैको संख्यामा स्थानीय जनप्रतिनिधि रहेका छन् ।

सुप्रसिद्ध प्रबल जनसेवाबाट आँखा डाक्टर सन्दुक रुइतलाई उच्च सम्मान गरिएको छ भने सुप्रसिद्ध प्रबल दोश्रोबाट अख्यियारका निवृत प्रमुख नविनकुमार घिमिरेलाई विभूषित गरिएकौ छ ।

सुर्कीर्तिमय राष्ट्रसेवक(तेस्रो) बाट अख्तियारका आयुक्त गणेशराज जोशी र नापि विज्ञ बुद्धिनारायण श्रेष्ठ सहित ७ जना, सुप्रबल जनसेवा श्री तृतियबाट न्यायाधीस अनन्तराज डुम्रे, आयुक्त सावित्री गुरुङ थापा, राजदूत लोकबहादुर थापा, अन्जान शाक्य, इन्जिनियर – छविराज पोख्रेल, डाक्टर विद्यानिधि  पौडेल, शिक्षाविद् मनप्रसाद वाग्ले, लेखक दयाल शाही, मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई लगायत ८७ जना रहेका छन् ।

यसैगरी प्रबल जनसेवाश्री चतुर्थबाट उपसचिव बाबुराम पाण्डे, पत्रकार शुभशंकर कंडेल, नीति अध्येता डा. सुरेश तिवारी लगायतका रहेका छन् ।

काठमाण्डौ महानगरपालिकाबाट मात्रै ५ जनाले पदक पाएको बुझिएको छ । जसअनुसार सहसचिव राजेश्वर ज्ञवालीले प्रवल जनसेवाश्री (तृतिय ), नमराज ढकाल ( प्रशासन बिभाग प्रमुख) , बसन्त आचार्य (कानुन प्रमुख) तथा ३ र ४ वडाका अध्यक्षहरु दिपक केसी र मोहन बिष्टले प्रवल जनसेवाश्री ( चतुर्थ ) पदक पाएका छन ।

 

वि.सं.२०७७ असोज ३ शनिवार १६:३० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...