back
CTIZAN AD

कोभिडका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

वि.सं.२०७७ असोज ४ आइतवार

699 

shares

एनआरएनएले नेपालीहरु स्वदेश फिर्तीमा महंगो भाडा लगायत विषयमा सरकारलाई पटक पटक घचघच्याउँदा पनि सरकारले त्यसमा बेवास्ता गरेको भन्दै महासचिव शर्माले दुःख व्यक्त गरे ।

४ असोज, लन्डन । कोरोना भाइरस(कोभिड–१९)का कारण विदेशमा ज्यानगुमाउने नेपालीको संख्या २४४ पुगेको छ । प्रत्येक हप्ता साप्ताहिक रुपमा कोभिड–१९ बारे तथ्याङ्क अपडेट गर्दै आएको गैरआवासीय नेपाली संघ एनआरएनएले उक्त जानकारी दिएको हो ।

यसहप्ता मात्र पनि संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए । स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४५ हजार २ सय ६७ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७२ दशमलव ०८ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।

६९ हजार २ सय ८९ जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन जारी
शनिबार साँझ औपचारिक उद्घाटन भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन जारी छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका हुन् । समितिका अध्यक्ष एवं सम्मेलन संयोजक संजिव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताए । सम्मेलनले संसार भरीका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्दै आइतबार सकिनेछ ।

एनआरएनएद्वारा कोरोनाका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीय नेपालीलाई सहयोग

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई प्रत्यक्ष रुपमा सहयोग पुर्याएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनसत्रमा बोल्दै संघका महासचिव डा हेमराज शर्माले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै एनआरएनका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरी योेजनाबद्ध रुपमा अगाडी बढेको र समस्यामा परेका नेपालीलाई घरैमा पुगेर समेत सहयोग गरेको बताए । डा शर्माका अनुसार करिब ५० देशमा २१ सय भोलेन्टियर्सहरु खटिएका छन् । एनआरएनएले कोरोनाका कारण समस्या परेका १ लाख ५० हजार गैरआवासीय प्रत्यक्ष सहयोग गरेको जनाएको छ । सहयोगमा स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म छ ।

गैरआवासीय नेपालीहरुबाट नै १२ करोड संकलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिइएको छ । एनआरएनएले नेपाल सरकारलाई पनि करिब २ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरिसकेको र सहयोग गर्ने क्रम जारी नै रहेको छ । ‘सुरुमा अर्वानेस्, प्रिभेन्सन र प्रोमोसनमा जोड दिएका थियौँ । पछिल्लो पटक थ्री आर (रिलिफ, रिपाट्रिएसन र रिह्याबिलिटेसन) को योजनाबद्ध रुपमा काम गरेका थियौँ । त्यो समयमा हाम्रो सचिवालय पुरै परिचालन थियो’ उनले भने ।

विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक रहेकाले विभिन्न ८२ वटा मुलुकमा रहेका नेशनल कोअर्डिनेशन काउन्सिल (एनसीसी) हरुसँग समन्वयन गरेर अगाडी बढेको उनले उल्लेख गरे । कतार च्यारिटी र कतार रेडक्रसको कोलाब्रेसनमा करिब ७ हजार २ सय फुड प्याकेजहरु बाँडिएको महासचिव शर्माले बताए । त्यस्तै एनआरएनएले आइएलओसँग एउटा प्रोजेक्ट सुरु गरेको जनाएको छ । आइएलओले पहिलो चरणमा ५ करोड उपलब्ध गराइसकेको र ५ करोड केही समयपछि दिने निश्चित भएको महासचिव शर्माले जानकारी दिए । यो प्रोजेक्ट खास गरेर मध्यपूर्वमा रहेका आप्रवासी श्रमिकहरुको लागि लञ्च गरिएको उनको भनाई छ ।

‘यो महामारीकाबीच खास गरेर नेपाल सरकारसँग पनि नजिक रहेर काम गर्ने अवसर मिल्यो , दुतावास, परराष्ट मन्त्रालय, राष्टिय योजना आयोग लगायतसँग नजिक रहेर काम गर्ने अवसर मिल्यो’ महासचिव डा शर्मा भन्छन, हामीले धेरै घचघच्याइ सकेपछि नेपालसरकारले मध्यपूर्वका केही मुलुकमा राहतका लागि करिब ७० लाख उपलब्ध गराइसकेको छ ।’ विभिन्न मुलुकका एनसीसी तथा काठमाडौंमा पनि २४ सै घण्टा हटलाईन सेवा सञ्चालन तथा उपलब्ध सबै प्रविधिको प्रयोगमार्फत गैर आवासीय नेपालीहरुको अवस्था बुझ्ने कोसिस गरिएको उनको भनाई थियो । स्वास्थ्य समितिका अध्यक्ष डाक्टर संजिव सापकोटा, कुश श्रेष्ठ लागयत अन्य मुलुकमा रहेका स्वास्थ्यकर्मीहरुको परामर्शअनुसार कोरोना रोकथाम तथा न्यूनीकरणका लागि एनआरएनएले सक्दो पहल गरेको उनले उल्लेख गरे । ‘हामीले हरेक हप्ता के –के छ, गैर आवासीय नेपालीको अवस्था कुन देशमा कति संक्रमित भए मृत्यूको अबस्था के छ यसको जानकारीका लागि बुलेटिन र हरेक आइतबार विशेष बुलेटिन प्रकाशन गर्दै आएका छौँ । यो चाहिँ सरकार, दूतावास र सम्बन्धीत सबैका लागि निकै महत्वपूर्ण भयो । राष्ट्रिय मिडियाहरुले पनि प्राथमिकताका साथ स्थान दिएको डा शर्माले बताए ।

तर एनआरएनएले नेपालीहरु स्वदेश फिर्तीमा महंगो भाडा लगायत विषयमा सरकारलाई पटक पटक घचघच्याउँदा पनि सरकारले त्यसमा बेवास्ता गरेको भन्दै महासचिव शर्माले दुःख व्यक्त गरे । एनआरएनए अब पुर्नस्थापनाका कार्यक्रममा केन्द्रित हुने उल्लेख गरिएको छ । यसका लागि नेपाल र अन्य विभिन्न ४ मुलुकमा गरी ४५ जनाको समुह रहेको महासचिव शर्माले बताए । युके एकेडेमिक टिमसँग मिलेर नेपालमा फर्किएका गैरआवासीय नेपालीहरुसँग कस्तो सीप छ भनेर तथ्यांक संकलन गर्न समेत सुरु गरिएको उनले जानकारी दिए।

तथ्यांक संकलनपछि उहाँहरुलाई रोजगारदातासँग कसरी जोड्ने भन्ने योजना तयार गर्ने महासचिव शर्माको भनाई छ । त्यस्तै एनआरएनले अक्टोबर ९ देखि ११ सम्म दोस्रो विश्व ज्ञान सम्मेलन समेत आयोजना गर्ने उनले जानकारी दिएको
गैरआवासीय नेपाली संघ, ुकोभिड १९ु उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले बताए ।

वि.सं.२०७७ असोज ४ आइतवार ११:४४ मा प्रकाशित

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...