back
CTIZAN AD

सन्दिप आवद्ध दिल्लीको पहिलो खेल आज, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज ४ आइतवार

669 

shares

असोज ४, काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आज किंग्स इलेवन पंजाब विरुद्ध पहिलो खेल खेल्न गईरहेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दिल्लीको कप्तानी श्रेयर अय्यरले गर्ने छन भने किंग्स इलेवन पंजाबको कप्तानी केएल राहुलले गर्ने छ ।

दिल्ली क्यापिटल्स पछिल्लो सिजनमा सेमिफाइनल सम्म प्रवेश गेरेको थियो भने किंग्स इलेवन पंजाब समुह चरणबाटै बाहिरीएको थियो ।

दिल्लीले युएईमा अहिलेसम्म ५ खेलेको छ जसमा दिल्लीले २ मा जित र ३ खेलमा हारको सामना गरेको छ । त्यसैगरी किंग्स इलेवन पंजाबले पनि युएईमा ५ खेल खेलेको छ जसमा पंजाब ५ पटक नै विजयी भएको छ ।

६ दिन क्वारेन्टाइनमा बसेका सन्दिप लामिछाने पनि हिजोबाट टिममा जोडिएका छन । उनी पहिलो खेलको लागि उपलब्ध रहने छन । राष्ट्रिय टिमका लागि युएईमा भएको खेलहरुमा र केहि दिन अघि सकिएकाे सिपिएलमा राम्रो प्रदर्शन गरेकाले सन्दिप लामिछाने पहिलो खेलमै प्लेइङ्ग इलेवनमा पर्ने सम्भावना उच्च रहेको छ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन :
शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हेटमायर, किमो पल, अक्सर पटेल, आर अश्विन, कागिसो रबाडा, सन्दिप लामिछाने, ईशांत शर्मा ।

पंजाबको सम्भावित प्लेइङ्ग इलेवन :
केएल राहुल, मयंक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, सर्फराज खान, दिपक हुड्डा, शेल्डन कोटरल, मोहम्मद शमी, मुजिब उर रहमान ।

वि.सं.२०७७ असोज ४ आइतवार १२:१२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...