back
CTIZAN AD

काठमाडाैंकाे फाेहाेरकाे समस्या हल हुँदै, २५ वर्षलाई धान्ने गरि बन्चरेडाँडामा तयार भयाे ल्याण्ड फिल्ड

वि.सं.२०७७ असोज ४ आइतवार

807 

shares

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताएका छन् । आईतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साईटको अनुगमनका क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तिब्र हुने र केही वर्षमा मुलुकले कायापलट फेर्ने बताए ।

मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको कल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्न आफुहरु लागिपरेको पनि बताए । मन्त्री मानन्धरले कोभिड संक्रमणका बीच पनि विकासका कामलाई तिब्रता दिइएको बताउँदै आगामी आर्थिक वर्ष सम्ममा धेरै परिणाम देखिने दाबी गरे । जनताको चाहाना र समृद्धिको सपना पुरा गर्न आफुहरु निकै मेहनतका साथ लागिरहेको उनकाे भनाइ छ ।

बन्चरेमा कार्तिकदेखि फोहोर

मन्त्री मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो फेज निर्माण सकिने बताउँदै कार्तिक पहिलो सातादेखि फोहर विसर्जन हुने जानकारी दिए । कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साईड निर्माण सकिने दाबी गरे । सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिए । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना सहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साईट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिए ।

कोभिड संक्रमणका कारण केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तिब्रता दिन पनि निर्देशन दिएका छन् ।

सरकारले आवश्यक सबै पुर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री मानन्धरले काममा ढिलाई भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिए । केही ठेकेदारको लापरबाहीका कारण सरकारका केही काममा प्रभावकारीता देखिन नसकेकव बताउँदै ढलाई गरि हुने काममा सम्झौता नहुने प्रस्ट पारे ।

मन्त्री मानन्धरले गुणस्तर कायम हुनेगरी तोकिएको मिति भित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाईफलाईन भएको बताए । मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साईट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिवद्वता व्यक्त गरे । जनताको सरकारले जनताको गुनासो सुन्ने र कार्यान्वयन समेत गर्छ भन्दै मन्त्री मानन्धरले सरकार जनताको अधिकार रक्षाका लागि सधैं तयार रहेको बताए ।

निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशत सम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने जानकारी दिए । पोखरेलले निर्माणका क्रममा कोभिड र वर्षा बाधक बनेको बताउँदै अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने बताए ।

वि.सं.२०७७ असोज ४ आइतवार १५:२९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...