back
CTIZAN AD

स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणले गरे यस्तो माग, सरकारी अधिकारी नै अचम्मित

वि.सं.२०७७ असोज ५ सोमवार

762 

shares

५ असोज, जाजरकोट । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ ।
स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् ।

सोचेकोभन्दा फरक मागको ओइरो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी अचम्मित भएका हुन् ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकीको माग, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन् । वर्षौँदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्याउन समेत स्थानीयवासीले मन खोलेर माग राखेका छन् । प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतङ्कले हैरान भएको भन्दै नगरपालिकाका नगरप्रमुखले चिन्ता व्यक्त गरे । “हरेक योजनाबाट चन्दा उठाएर हैरान बनाएका छन्, यसरी कसरी काम हुन्छ ?”, उनले प्रश्न गरे प्रजिअ बरालले प्रहरी चौकीको स्थापना गर्न आफूले पहल गर्ने आश्वासन दिए ।रासस

वि.सं.२०७७ असोज ५ सोमवार ०९:१४ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...