back
CTIZAN AD

कति घातक थियो ट्रम्पलाई पठाएको पत्रमा भएको विष ?

वि.सं.२०७७ असोज ५ सोमवार

738 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विष युक्त पत्र पठाएको आरोपमा क्यानडाको सीमा क्षेत्रबाट सुरक्षाकर्मीले एक महिलालाई गिरफ्तार गरेका छन् । ह्वाइट हाउसलाई पठाइएको उक्त पत्रमा रिसिन नाम खतरनाक विष भेटिएको थियो ।

पक्राउ परेकी महिला क्यानडाको सीमा क्षेत्र हुँदै अमेरिका घुस्न लागेकी थिइन् । अमेरिकी अधिकारीले बताएअनुसार पक्राउ परेकी ति महिलाबाट बन्दुकसमेत जफत भएको छ ।

रोयटर्सको रिपोर्टअनुसार महिला न्यूयोर्क नजिकैबाट अमेरिका प्रवेश गर्न लागेकी थिइन् । पक्राउ परेकी उक्त महिलालाई अमेरिकी कानून अनुसार मुद्दा चलाइनेछ ।

पक्राउ परेकी महिलाले केहि साता अघि राष्ट्रपति ट्रम्पको नाममा ह्वाइट हाउसमा पत्र पठाएकी थिइन् । ह्वाइट हाउसमा आउने पत्रहरुको चेकजाँचका क्रममा उक्त विषयुक्त पत्र फेला परेको थियो ।

रोयर्टसले क्यानडेडियन माउन्टेन प्रहरीलाई उद्र्धत गर्दै पत्र क्यानडाबाट नै गएको पुष्टी गरेको छ । जसबारे क्यानडाले जाँचमा सहयोग गर्ने वचन दिएको छ ।

Best Jamaican Black Castor Oil for Hair Growth in 2019 – Reviews

कति घातक हुन्छ रिसिन विष ?

सुरक्षाकर्मीको शुरुवाती जाँच मै पत्रमा भएको विषयुक्त पदार्थ रिसिन भएको पुष्टि भएको थियो । रिसिनलाई एक खतरनाक विष मानिन्छ । यो क्यास्टर नामको वनस्पतीको बिउ हो ।

यदि यो विषाक्त पदार्थ श्वासको माध्यमबाट शरिरमा प्रवेश गर्यो भने संक्रमित व्यक्तिलाई वान्ता हुन्छ । लगत्तै उक्त व्यक्तिको शरिरभित्र रक्तश्राव शुरु हुन्छ । यो विषको प्रभावमा परेको व्यक्ति ४८ घण्टादेखि ७२ घण्टाभित्र मर्न सक्दछ । विषको खतरनाक कुरा, आजसम्म पनि यसको औषधी पत्ता लागेको छैन् ।

यसअघि पनि अमेरिकामा यस्तो घटना घटेको थियो । सन् २०१४ मा पनि राष्ट्रपति बराक ओबामालाई रिसिन पाउडर हालेर पत्र पठाइएको थियो । उक्त रिसिन पाउडर हालेर पत्र पठाउने व्यक्तिलाई त्यस समय सुरक्षाकर्मीले पक्राउ गरि कानूनअनुसार २५ वर्षको जेल सजायँ गरिएको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ असोज ५ सोमवार १८:४४ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...