back
CTIZAN AD

कम्पनीहरुले लाभांस बितरण थाले, कुनले कति बितरण गर्दैछन ?

वि.सं.२०७७ असोज ६ मंगलवार

783 

shares

काठमाडौं । नेप्सेमा सुचिकृत भई सेयर कारोबार गरिरहेका कम्पनीहरुले गत बर्षको आम्दानीबाट लाभांस बितरण गर्न थालेका छन् । मंगलबारसम्म १८ कम्पनीले लाभांस घोषणा गरेका छन् । प्रतिशतको आधारमा सबैभन्दा धेरै लाभांस दिनेमा संयुक्त लगानी कोषहरु रहेका छन् । अहिले कूल १७ संयुक्त लगानीकोषहरु नेप्सेमा सूचिकृत छन् । तिनीहरुमध्ये १३ वटाले लाभांस दिने घोषणा गरेका छन् ।

त्यस्तै बाणीज्य बैंकहरुले पनि सेयरधनीहरुलाई लाभांस बितरण गर्ने घोषणा गर्न थालेका छन् । हाल नेपालमा २७ बाणीज्य बैंंकहरु रहेका छन् तिनीहरुमध्ये माछापुच्छ्रे बैंकले मात्र लाभांस दिने घोषणा गरेको छ ।

त्यस्तै लघुबित्तहरु तर्फ ४ वटाले लाभांस दिने घोषणा गरेका छन् । नेपालमा हाल ८५ लघुबित्त रहेका छन् । कतिपय बैंक तथा बित्तिय संस्थाहरु मर्जर तथा एक्विजिसनमा जाने तयारीमा देखिएका छन् । त्यस्तै कोभिड १९ को संक्रमणका कारण आम्दानीमा कमि आएको तथा केन्द्रिय बैंकले पनि मर्जर तथा एक्विजिसनमा जानको लागि दबाब बढाईरहेका कारण पनि कम्पनीहरुले लाभांस बितरणमा ढिलाई गरेका हुन् । केहि कम्पनीहरुले भने लाभांस बितरण नगर्ने घोषणा नै गरिसकेका छन् ।

आर्थिक बर्ष सुरु भएको २ महिना बितिसक्दा पनि कम्पनीहरुले लाभांस बितरणमा ढिलाई गरिरहेका छन् । नियमतः कम्पनीहरुले आर्थिक बर्ष सुरु भएको ६ महिना भित्र लाभांस बितरण गरेर साधारण सभा गरिसक्नुपर्छ ।

कुन कम्पनीको कति लाभांस ?

माछापुच्छ्रे बैंक ३.३७ प्रतिशत नगद तथा ७.०३ प्रतिशत बोनस सेयर
आशा लघुबित्त ०.७८ प्रतिशत नगद तथा १५ प्रतिशत बोनस सेयर
फस्र्ट माईक्रो फाईनान्स ४.१८ प्रतिशत नगद तथा ९.५० प्रतिशत बोनस सेयर
सामना लघुबित्त ६.३२ प्रतिशत नगद तथा २० प्रतिशत बोनस सेयर
आरएमडिसि लघुबित्त ५ प्रतिशत नगद तथा १५ प्रतिशत बोनस सेयर
नविन ईक्विटी फण्ड ६ प्रतिशत नगद
नविन व्यालेन्स फण्ड ९ प्रतिशत नगद
ग्लोबन आईएमई समुन्नत योजना१ ४ प्रतिशतनगद
लक्ष्मि इक्विटी फण्ड ४.२५ प्रतिशत नगद
एनआईबिएल सहभागिता फण्ड ८.२५ प्रतिशत नगद
एनआईबिएल समृद्धी फण्ड१ १२ प्रतिशत नगद
एनआईसि एसिया ग्रोथ फण्ड १२ प्रतिशत नगद
एनआईसि एसिया ब्यालेनस्ड फण्ड ८ प्रतिशत नगद
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम२ ५ प्रतिशत नगद
सिद्धार्थ ईक्विटी फण्ड ७.५ प्रतिशत नगद
सिटीजन म्युचुअल फण्ड१ १५ प्रतिशत नगद
सिटीजन म्युचुअल फण्ड२ १० प्रतिशत नगद
सनराईज फस्र्ट म्युचुअल फण्ड ७ प्रतिशत नगद

वि.सं.२०७७ असोज ६ मंगलवार १७:१८ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...