back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा असोज ६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ६ मंगलवार

726 

shares

६ असोज, काठमाण्डौं । नेपालमा मंगलबार ( ६ भदौ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ३४ हजार ९७७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,१५४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८,१४२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,१९३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८,९४९ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १९६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०, प्रदेश २ मा १६, बागमती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ५ प्रदेश नं ५ मा २२, कर्णाली प्रदेशमा १५ जना गरी जम्मा १९६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २८ र प्रदेश ५ मा २ जना गरी जम्मा ३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौं भक्तपुर चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १३५६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । साथै आज ८२३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

आज २ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६४७ सहित १३५६ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ६४७ जनासहित देशैभरी १३५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा २०, तेह्रथुममा १, धनकुटामा १, भोजपुरमा २, मोरङमा ५७, संखुसभामा ४ र सुनसरीमा ७७ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ११, बारामा १५, रौतहटमा ४, सप्तरीमा ८, सर्लाहीमा १ र सिराहामा ३३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५११, काभ्रेपलान्चोकमा ३०, दोलखामा २२, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ६३, रामेछापमा ९, ललितपुरमा ७३, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा २, पर्वतमा ३, तनहुँमा २५, पर्वतमा ३, लमजुङमा ६, बाग्लुङमा १६ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा १९, गुल्मीमा २, दाङमा १९, नवलपररासीमा ८, प्युठानमा ८, पाल्पामा ८, बर्दियामा २७, बाँकेमा ५८, रुकुमपुर्वमा २५, रुपन्देहीमा ७४ र रोल्पामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, सुर्खेतमा ४४ जना र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १३५६ जना संक्रमित थपिएका छन् । जसमा महिला ४५९ र पुरुष ८९७ जना रहेका छन् । आज थपिएका १३५६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६६ हजार ६३६ पुगेको छ ।

कोरोना संक्रमणबाट आज ८२३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४८ हजार नाघ्यो
कोरोना संक्रमणबाट आज ८२३ जना निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८२३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४३५७, प्रदेश २ मा १२,४७६ बागमती प्रदेशमा ११,८५४ गण्डकी प्रदेशमा २८१९, प्रदेश नं ५ मा ७४६६ कर्णाली प्रदेशमा २७४९ र सुदूरपश्चिम प्रदेशमा ६,२४० जना गरी हालसम्म जम्मा ४८ हजार ६१ जना निको भएका हुन् । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ७२ प्रतिशत हो ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९१७, प्रदेश २ मा ३३०, बागमती प्रदेशमा ५३६, गण्डकी प्रदेशमा ५०९, प्रदेश नं ५ मा १६१२, कर्णाली प्रदेशमा ७१६ र सुदूरपश्चिम प्रदेशमा २५५१ जना गरी हालसम्म जम्मा ७,१७१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा २८६, प्रदेश २ मा ९३५, बागमती प्रदेशमा ५,१२७, गण्डकी प्रदेशमा ७०१, प्रदेश नं ५ मा १४९५, कर्णाली प्रदेशमा २९१ र सुदूरपश्चिम प्रदेशमा ३५८जना गरी हालसम्म जम्मा ९,१९३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १३४१, प्रदेश २ मा ८८४, बागमती प्रदेशमा ५,३२० गण्डकी प्रदेशमा २८६, प्रदेश नं ५ मा ७१७, कर्णाली प्रदेशमा २०७ र सुदूरपश्चिम प्रदेशमा १९४ जना गरी ८,९४९ जना रहेका छन् ।

वि.सं.२०७७ असोज ६ मंगलवार १८:२२ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...