back
CTIZAN AD

टोल टोलमा पुगेर पढाउनका लागि शिक्षक खटाइए

वि.सं.२०७७ असोज ६ मंगलवार

906 

shares

६ असोज, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । तर सिन्धुपाल्चोकका रोशी गाउँपालिकाले बालबालिकालाई टोल टोलमा पुगेर पढाउनका लागि शिक्षक खटाइएको छ ।

रोशी गाउँपालिका–२ चण्डीस्थित ग्रामोन्नती प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पुगेर पढाउने गरेका छन् । यहाँको टोल टोलमा पुगेर विद्यार्थीलाई जम्मा गरी पढाउन थालेको सो विद्यालयका प्रधानाध्यापक रामबहादुर लामाले बताए । “हप्ताको तीन दिन सामाजिक दूरी कायम गरेर टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं”, उनले भने, “वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ ।”

यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुबै खुसी छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको बताइएको छ । त्यस्तै गाउँपालिका शिक्षा तथा खेलकूद शाखाबाट प्राप्त छात्रबृत्ति पनि टोल टोलमा नै वितरण गरिएको प्रअ लामाले बताए । “अहिले दैनिक रुपमा विद्यालय सञ्चालन हुन्छ । निर्माण गरिएको समय तालिका अनुसार टोल टोलमा गएर पढाउने कामलाई निरन्तरता दिँदै आएका छौं”, उनले भने ।

रोशी गाउँपालिका–५ सिसाखानीका विद्या विकास प्राथमिक विद्यालयले पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिनका लागि टोल टोलमा गएर सिकाई सहजीकरणको कामलाई अगाडि बढाएको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले शिक्षा तथा खेलकूद शाखाको निर्देशनानुसार निरन्तर रुपमा विद्यालय सञ्चालन र सिकाई प्रक्रियालाई निरन्तरता दिने कार्य भइरहेको बताए ।

यसअघि नै गाउँपालिकाले निरन्तरता दिँदै आएको रेडियो शिक्षा कार्यक्रमलाई अहिले पनि जारी राखिएको छ । जेठ २२ गतेबाट वैकल्पिक सिकाई सहजीकरणलाई निरन्तरता दिदै आएको शिक्षा तथा खेलकूद शाखाका प्रमुख रामबहादुर तामाङले बताए । वैकल्पिक सिकाई कार्यविधि–२०७७ अनुसार रेडियो, अनलाइन र अन्य पहुँचमा समेत नभएका विद्यार्थीको हकमा कसरी सिकाई प्रक्रियालाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा सबै विद्यालयले कार्ययोजना बनाइरहेको उनको भनाइ छ ।

गाउँपालिकाअन्तर्गत ६९ सामुदायिक र तीन संस्थागत गरी कूल ७२ वटा विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिहेको छ । (रासस)

वि.सं.२०७७ असोज ६ मंगलवार १७:४४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...