back
CTIZAN AD

जिल्लाकै नमुना भैँसीपालक किसानका रुपमा परिचित छन् विष्णु धिताल

वि.सं.२०७७ असोज ७ बुधवार

999 

shares

७ असोज, खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भैँसीपालक किसानका रूपमा परिचित छन् । भैँसीपालकन व्यावसाय शुरु गरेका उनले अहिले नामसँगै दाम कमाउँदै आएका छन् । व्यावसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका उनीसँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् ।

उनले २०५२ सालदेखि एक भैँसीबाट व्यावसाय शुरु गरेका थिए । यसपछि २०६३ पछि व्यावसायिक रूपमा भँैसीपालन शुरु गरेको उनले जानकारी दिए । ,“पहिला एक मात्रै भैँसी थियो । ०६३ साल दुईदेखि चार भैँसी पाल्न शुरु गरेँ । झिसमिसे उज्यालो नहुँदै मोटरसाइकलमा सदरमुकामका डेरी र होटलमा दूध पु¥याउने मेरो दैनिकी बनेको छ ।” धिताल भन्छन् ।

उनीसँग अहिले १५ भैँसी रहेका छन् । “व्यावसायिक भैँसी पालक रूपमा आफ्नो कर्म र भविष्य सम्झेर दिनरात नभनी व्यावसायमा खटिरहेको छु ।” उनी भन्छन् ।

धन कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच र मानसिकता भएका व्यक्तिलाई किसान धितालले गतिलो सन्देश दिँदै आएका छन् । सीप, जाँगर र परिश्रम गर्न सके स्वदेशमै बसेर पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण सहित प्रस्तुत भएका उनले भने ।

वार्षिक ७ लाख बढी आम्दानी

दूध बेचेरै वार्षिक ७ लाख भन्दा बढी आम्दानी हुनेगरेको उनले जानकारी दिए । दैनिक ५० देखि ६० लिटर दूध खलङ्गा बजारमा प्रति लिटर एक सय बिक्री हुनेगरेको उनी बताउँछन् । “विहान ५ नबज्दै सदरमुकाम पुगी डेरी र होटलमा दूध पु¥याउँछु । उनी भन्छन्, ‘यो वर्ष कोरोना भाइरसका कारण उत्पादित सबै दूध बजारमा नजाँदा करिब ३ लाख घाटा भयो ।” उनले दूध बेचेकै आम्दानीबाट घरपरिवार सञ्चालन तथा दुई छोरीको पढाइ खर्च पु¥याउँदै आएका छन् ।

भैँसीका लागि आधुनिक गोठ, मलमुत्र जाने, ट्याङ्की, दाना खुवाउने भाडा, भैँसी नुहाउने ठाउँ, घास भण्डार केन्द्र लगायतका पूर्वाधार निर्माणलागि १८ लाख अनुदान भैँसीपालक धिताललाई प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए । धितालले व्यावसायिक रूपमा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न थालेपछि यसक्षेत्रका अन्य कृषकसमेत आकर्षित हुँदै व्यावसायिक पशुपालन तर्फ लाग्न थालेका छन् ।

वि.सं.२०७७ असोज ७ बुधवार ११:०१ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...