back
CTIZAN AD

बाघको छाला र सालकको खपेटासहित पोखरामा एकजना पक्राउ

वि.सं.२०७७ असोज ७ बुधवार

726 

shares

कास्की – प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाभित्र वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रदेश नं ३–०२–०११ प७८०६ नम्बरको मोटरसाइकलको पछाडि जेब्रा झोलामा ती सामग्री लुकाइछिपाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिए ।-रासस

वि.सं.२०७७ असोज ७ बुधवार १२:३९ मा प्रकाशित

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

कास्की । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको...