back
CTIZAN AD

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

वि.सं.२०८३ जेठ २६ मंगलवार

231 

shares

कास्की । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोलपम्प लाइनका जग्गाधनीहरूबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ ।

महानगरले सो क्षेत्रका संरचना हटाउने तयारी गरेपछि जग्गाधनीहरूले उच्च अदालतमा महानगरविरुद्ध रिट निवेदन दिएका थिए ।

सो रिटउपर छलफलका लागि अदालतले जेठ २६ गते दुवै पक्षलाई बोलाएको थियो । यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो ।

महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको बताए ।

“जग्गाधनीका तर्फबाट अदालतमा दायर गरिएको रिट फिर्ता लिएर बसपार्क निर्माणकार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी जुटेको छ”, प्रमुख आचार्यले भने ।

सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ । त्यसैगरी, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू जेठ २५ गतेको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ ।

महानगरले प्रस्तावित बसपार्क क्षेत्रका बनेका संरचनाहरू हटाउनका लागि पटकपटक सूचना जारी गरेको छ । विसं २०३२ मा बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी जमिन अहिले २६ रोपनीमा खुम्चिएको छ ।

आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधासम्पन्न पोखरा बसपार्क निर्माणको कार्यलाई सहमतिमा नै अघि बढाउने महानगरले जनाएको छ । महानगरले पछिल्लो समय बसपार्क संरचना हटाउनका लागि हिजोसम्मको समय दिएको थियो । यसबीचमा कतिपय जग्गाधनी र भाडामा लगाइएका सटरहरू खाली भएका छन् । बसपार्कमा रहेका सुकुम्बासी र भूमिहीनहरू भने वैकल्पिक व्यवस्थापछि मात्र आफ्ना संरचना खाली गर्ने बसपार्क सरोकार समितिका संयोजक प्रेमबहादुर गुरुङले बताए ।

महानगरले बसपार्ककोे जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको व्यवस्थापनका लागि जमिन खोजी समितिको सिफारिसका आधारमा ‘जमिन प्लट’ मिलान तथा अन्य पूर्वाधार अध्ययनका लागि समिति गठन गरेको छ ।

“बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका जग्गाहरूमध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको हो । समितिलाई सिफारिस भएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी सात दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ”, महानगर प्रमुख आचार्यले भने ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१८ मा प्रकाशित

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...